लुम्बिनी प्रदेशका किसानको व्यवसायीक योजना अव ‘सफ्टवेर मार्फत’

बुटवल, असार । लुम्बिनी प्रदेशका किसानको व्यवसायीक योजना अब सफ्टेवेर मार्फत निर्माण गरिने भएको छ ।किसानले व्यवसायीक योजना विना बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाउने, अन्य विभिन्न निकायमा समेत व्यवसायी योजना पेश गर्नको लागि अव कुनै पनि निकायका गुहार्नुपर्ने छैन ।
जसको लागि प्रदेशको कृषि, खाद्यप्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुरा, बाँके ले सफ्टेवर निर्माण गरेको हो ।
जस अनुसार पहिलो चरणमा व्यवसायीक योजना बनाउने सुलभ कर्जा सहजकर्ता, पालिकाका कृषि तथा पशु शाखा प्रमुख, स्नातक अध्यायन गर्दै गरेका विद्यार्थीहरुलाई तालिम प्रदान गरिने भएको छ । जसको सुरुवाती अवस्थामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रहेका शुलभ कर्जा सहजकर्ताहरुलाई यसको तालिम प्रदान गरिएको छ । बुटवलमा आयोजना गरिएकोतालिममा प्रशिक्षार्थीहरुलाई सफ्टवेरले गर्ने काम, नतिजा तथा सहजताको विषयमा प्रशिक्षण प्रदान गरिएको हो । www.bp.abpstc.lumbini.gov.npवेभ साईट मार्फत त्यहा उपलब्ध गराइएको निर्देशन अनुसार किसानले के योजना बनाएको छन्, कतिलागत लाग्छ, उत्पादन के कती हुन्छ, कति बर्षमा कति आम्दानी हुन्छ, कुन खेती कुन समयमा गर्ने लगायतको विवरण विजनेश प्लानबाट जानकारी हुने छ ।
व्यवसाय कार्यायोजना अनुसार काम गरेमा किसानले आफ्नो लगानी डुबाउन नपर्ने गरी योजना ल्याइएको लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधी तथा भुमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले बताउँछन् । उनका अनुसार पालिकाले समेत सोही सफ्वेटर मार्फत किसानको व्यवसाय योजना निर्माण गर्न सक्ने हुँदा यसको फाईदा अझ बढि रहेको छ । सचिव देवकाटा भन्छन्–‘किसानलाई योजना निर्माणको लागि अव अन्य निकाय गुहार्न नपर्ने छ, पालिकाका प्राविधिक, शुलभ कर्जा सहजकर्ता कहाँ सम्पर्क गरेमायोजना निर्माण हुने छ । ’
यो भन्दा पहिला पनि मन्त्रालयले व्यवस्था गरेका शुलभ कर्जा सहजकर्ताबाट लिखित रुपमा योजना निर्माण हुदै आएको थियो ।
कृषि व्यसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका प्रमुख विवेक पन्तका अनुसार किसानका योजना निर्माणको लागि अव अन्य निकायमा जानुपर्ने, व्याक्त हायर गर्नूपर्ने अवस्था अन्त्य हुने छ । विवरण भरेको केही सेकेण्ड भित्रमा व्यसायी योजना प्रिन्ट गर्न सकिने उनको भनाई छ । जसको लागि ड्रिम वर्क सोलुसन प्रालि चितवनले प्राविधिक सहयोग, सल्लाह प्रदान गरिरहेको छ । कार्यक्रममा कृषि खाद्यप्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख तुलसीराम भण्डारी, खाद्य प्रविधि प्रर्वद्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरे, स्मार्ट कृषि गाउँ कार्यान्वन्य ईकाई प्रमुख घनश्यम चौधरी, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. परेवेज आलम, कृषि विकास निर्देशनालय प्रमुख राम प्रसाद पाण्डे, कृषि ज्ञान केन्द्र भैरहवा प्रमुख सन्देश धिताल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

© 2025 krishipatra All right reserved