
रूपन्देही । लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि, तिलाेत्तमाले स्थानीय निर्वाचन २०७९ नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ,सम्मान र कृषि थाेक बजारकाे महत्त्व तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि एव नवनिर्वाचित मेयर रामकृष्ण खाडले निजि क्षेत्रकाे लगानीमा महत्त्वपूर्ण काम भएकाेले याे वजारलाई नगरपालिकाले पुर्ण रूपमा सहयाेगगर्ने वताए ।
उनले कृषि उत्पादन बढाउने निर्यात बढाउने तर्फ ध्यान जान अावस्यक रहेकाे चर्चा गर्दै कृषिमा रासायनिक मल कम प्रयाेग गर्ने वातावरण सृजना गर्नअावस्यक रहेकाे वताए । मेयर खाडले ब्यवसायिकाे लगानिकाे सुरक्षाकाे जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता समेत जनाए । उनले सहमति, सहकार्य र एकताका अाधारमा अगाडि बढ्नेमा जाेड दिए ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नम्वर ५ मणिग्राममा स्थापना भएकाे याे बजारमा निजि क्षेत्रकाे करिव २० कराेडकाे लगानीमा ३ बिगाहा क्षेत्रफलमा तरकारी फलफुल विक्रिका लागि १ सय ८० वटा व्यावसायिक सटर वनाईएकाे छ । जहाँ व्यवसायिलाई अाधुनिक किसिमका सुविधा उपलब्ध हुने कम्पनिका अध्यक्ष भिमकान्त पन्थिले जानकारि दिए । उनले
किसानकाे उत्पादन बढाउदै मूल्य बृद्वि गर्ने
स्थानीय काे सहभागिता अनुसार अगाडि बढ्ने,
नेपालकै नमुना बजार वनाउनाई कृषि पर्यटन बजारकाे रूपमा प्रयाेग गर्ने लक्ष्य राखेकाे जानकारी दिए ।
याे वजारले तिलाेत्तमा नगरकाे राम्राे सम्भावना वाेकेकाे छ भन्दै उपमेयर जागेश्वरी चाैधरीले किसानले उत्पादन गर्छ विचाैलियाले खाने वातावरणकाे अन्त्य हुन अावश्यक रहेकाे वताईन । उनले याे बजारलाई किसानकाे हितमा अगाडि बढन सुझाव दिदै नगरपालिकावाट नितिगत बिषयमा सहजिकरणमा समस्या नहुने वताईन् ।
स्थानिय पशुपति घिमिरेले तिलाेत्तमा नगरमा यस्ताे ठुलाे कम्पनि स्थापनाहुनु गहनाकाे रूपमा अाफैमा महत्त्वपूर्ण रहेकाे वताउदै अार्थिक विकासमा टेवा पुग्ने र स्थानियलाई पनि फाईदा पुग्ने वताए ।
च्याम्वर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंक पाेखरेल, संस्थाका संचालक गाेपाल भुषाल, केशव कुवँर नि वर्तमान वडा अध्यक्ष चेतनारायण भण्डारी , स्थानीय डा. गणेश पाठक लगायतले बाेल्दै यस्ता कम्पनिलेकृषिकाे विकासमा जाेड दिदै राष्ट्रिय अर्थतलाई टेवा पुर्याउने वताए । नेपालमै ठुलाे अाधुनिक रूपमा निर्माण गरिएकाे याे बजार अाउदाे साउन १ गतेदेखि संचालनमा ल्याउने तयारि गरिएकाे छ ।