
बुटवल, जेठ ।
“दिर्घ जिवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन“ भन्ने नाराका साथ नेपालमा १२ औ विश्व दुध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्व दुध दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा दुग्ध पदार्थको विविधिकरण सम्बन्धी अन्र्तराक्रिया कार्यक्रम गरिएको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ले दुधको विधिकरणका लागि नगरपालिका जहिलेपनि तयार रहेको बताए ।
उनले किसानहरुलाई उत्पादनमा आधारित अनुदना प्रदान गर्नकोलागि नगरपालिकाजहिले पनि तयार रहेको भन्दै बुटवलका १४ देखि १९ सम्मका वडालाई हरितवडाको रुपमा विकास गरिने प्रतिवद्धता समेत जनाए ।
नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया तथा दुधपान कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल दाहाल, दुग्ध विकास आयोजना बुटवल प्रमुख परमेश्वर चौधरी, सिद्धार्थ महिला तथा वाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याल, बुटवल उद्योग बाणिज्य संद्दघका अध्यक्ष उज्जवल प्रसाद कसजु, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश अध्यक्ष तेज कुमार पाठक लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल डेरीएशोसीयसन केन्द्रीय सह सचिव हिरा बहादुर खत्री, रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेश सिंह भण्डारी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमा नेपाल डेरी एशोसीयससनका प्रदेश सचिव विजय पौडेलको स्वागत तथा एशोसीयसनका केन्द्रीइ कोषाध्यक्ष दयाराम भडारीको सञ्चालनमा भएको हो ।
कार्यक्रममा सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा)मा रहेका विरामी, तिनका आफन्त लागायतलाई निःशुल्क दुध, लस्सी बदमा जुस समेत वितरण गरिएको थियो । कार्यक्रममा महाबलेश्वर डेरी तथा बेभरेज प्रालिको तर्फबाट मेघराज भण्डारीले उत्पादिक बदम जुसको विषयमा प्रकाश पारेका थिए ।