तिन जिल्लाका २१ सय किसान सम्मानित

  • किसान मिलाप २०२२
  • बुटवल, बैशाख ।
    शक्तिमान ब्राण्डको आयोजनामा रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका २ हजार १ सय भन्दा बढि किसान सम्ममानित भएका छन् । शक्तिमान ब्रान्डका कृषि जन्य विभिन्न उपकरण टैक्टर, रोटावेटर, पावर टेलर, सिड ड्रिलर लगायतका उपकरण प्रयोग गर्दै आएका किसानलाई एकैसाथ सम्मान गरिएको हो ।
    नेपालका लागि शक्तिमान ब्रान्डको आधिकारिक विक्रेता मनमित श्री ट्रेडीङ्ग ओमसतियाँगाउँपालिका वडा नम्बर २ पडसरी रुपन्देहीको आयोजनामा किसान मिलाप २०२२ आयोजना गरी किसान सम्मानि गरिएको सञ्चालक उदय कुमार सिंहले जानकारी दिए । भारतमा उत्पादित शक्तिमान ट्रेक्टरले खासगरी आधुनिक कृषि मा यन्त्रीकरणमा विशेष योगदान पु¥याएको सञ्चालक सिंहले जानकारी दिए । किसानलाइ बढ्दो प्रविधीको प्रयोग संगै भित्रीएका नयाँ नयाँ उपकरणको बारेमा समेत जानकारी दिने उदेश्यले कम्पनीबाट आएका विभिन्न व्याक्तिहरुबाट अभिमुखिकरण समेत प्रदान गरिएको जानकारी दिए ।
    किसानले पाउने सरकार अनुदान लगायतको विषयमा समेत कार्यक्रममा अभिमुखिकरण प्रदान गरिएको थियो ।
    शक्तिमान ब्राण्डले नेपालमा ७२ प्रतिशत भन्दा बढि मार्केट लिएको कम्पनीको दावि छ । एक बर्षमा करिव सात सय ५० भन्दा बढि उपकरण विक्रि गर्दै आएको कम्पनीको भनाई रहेको छ । कम्पनीको सर्भिस सेन्टर ओमसतियामा रहेको परिपेक्षयमा अवको ३ महिनामा होम सर्भिस दिने गरी विशेष उपकरण जाडीत गाडी समेत सञ्चालन गर्ने योजना रहेको कम्पनीको भनाई रहेको छ । किसानले आफ्नो उपकरण विग्रीएमा घरमा नै गएर बनाउने गरी योजना निर्माण गरिएको सञ्चालक सिंहको भनाई रहेको छ । हाल शक्तिमान ब्रान्डका १ लाख ५० हजार देखि ११ लाख रुपैयाँ सम्मका विभिन्न कृषिजन्य उपकरण बजारमा रहेका छन् ।

    © 2025 krishipatra All right reserved