रुपन्देही डेरी व्यसायी समितिद्धारा दुग्धजन्य पद्धार्थको विविधीकरणमा जोड

  • नयाँ बर्षको क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान
  • बुटवल, चैत ।
    रुपन्देही डेरीव्यवसायी समितिमा आवद्ध व्यवसायीहरुले दुग्धजन्य बस्तुको विविधकरणमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका सल्लाहाकार तथा निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठकले डेरी व्यवसायीहरुले दुग्धजन्य बस्तु विविधिकरणमा जोड दिनुभयो । नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले डेरी व्यवसायीहरुले आफै उत्पादनमा समेत जोड दिनुपर्ने बताउनुभयो । यस्तै सल्लाहकार रामकृष्ण शर्माले बोल्दै अव को विकल्प भनेको शुद्ध प्रसोधीत दुध भएको भन्दै यस तर्फ समयमा नै पहल कदमी चाल्नुपर्ने बताउन्भयो । उहाँले पछिल्लो समयमा नै डेरी व्यवसायीहरु व्यवस्थित हुन आवश्यक रहेको भन्दै सोही अनुसारको योजना निर्माण गरेर लाग्नुपर्ने धारणा राख्नुभयो ।
    यस्तै कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीले व्यवसायीक हितका लागि एकता आवश्यक रहेको भन्दै सोही अनुसारको कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले सरकारी मापदण्डको पुर्णरुपमा पालन गरेर दुग्धजन्य व्यवासाय गर्नको लागि आग्रह गर्दै विना ईजाजत, दर्ता विना कुनै पनि व्यवसाय सञ्चालन नगर्नको लागि व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यक्रममा डेरी एशोसीयसन का केन्द्रीय सदस्य तथा पुर्व प्रदेश अध्यक्ष कृष्ण प्रसाद भट्राई, लेखा समिति संयोजक यम प्रसाद शर्मा, क्यालेन्डर प्रकाशन समिति संयोजक तथा कोषाध्यक्ष सञ्जोग श्रेष्ठ, समितिका सचिव पदम प्रसाद पौडेल, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले नयाँ बर्ष २०७९ को शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    प्रेस सल्लाहकारमा खनाल मनोनित
    यसैविच रुपन्देही डेरी व्यसायी समितिको प्रेस सल्लाहकारमा कृष्ण खनाल मनोनित भएका छन् । डेरी व्यवसायी समितिको बैठकबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता खनाल सल्लाहकारमा चयन भएका हुन । कृषि प्राविधिक(जेटिए) समेत रहेका खनाल कृषि पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष समेत हुन । उनी कृषि पत्र पाक्षिक खबर पत्रिका र कृषि पत्र डट्.कम अनलाईनका प्रकाशक÷सम्पादक समेत हुन ।

     

    © 2025 krishipatra All right reserved