१० करोड लागतमा दुग्ध प्रसोधन उद्योग स्थापना हुँदै

  • स्थानिय व्याक्तिलाई रोजगारी दिने गरी दुध प्याकेजिङ्ग, लेवलिङ्ग, प्रसोधन तथा अन्य दुग्धजन्य बस्तु उत्पाद गर्ने योजना
  • बुटवल, चैत ।
    रुपन्देही जिल्लामा १० करोड लागतमा दुग्ध प्रसोधन तथा दुग्धजन्य बस्तु उत्पादन गर्ने उदेश्यले डेरी उद्योग स्थापना हुने भएको छ । विशेष डेरी उद्योग प्रालिले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ बेलभरियमा उद्योग निर्माणको काम सुरुवात गरेको हो । आफ्नै साढे ७ कठ्ठा जग्गामा दुग्धजन्य बस्तुको प्याकेजिङ्ग, दुग्धजन्य पदार्थको उत्पादन र प्रसोधन गर्ने गरी उद्योग स्थापना गर्न लागिएको विशेष डेरी उद्योग प्रालिका अध्यक्ष गणेशदेव भण्डारी ले जानकारी दिए ।
    उनका अनुसार उद्योग स्थापना गर्नको लागि नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजना संग अनुुदान सम्झौता समेत गरिएको छ । जसको लागि प्रथम चरणको सार्वजनिक सुनवाई कार्यक्रम समेत सोमबार सम्पन्न गरिएको छ । पहिलो चरण्मा मा करिव १ करोड ४० लाख रुपैयाँ बराबरको संरचना निर्माण हुने छ । भवन सहित को संरचनाको लागि ५६ लाख र विभिन्न उपकरण जडान तथा खरिदको लागि ७७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    उद्योगस्थापनको लागि नेपाल नेपाल लाईभस्टक सेक्र ईन्नोभेसन आयोजनाबाट ७० लाख अनुदान प्राप्त भएको छ । जसमा अन्य क्षेत्रबाट ५० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । जसको लािग सञ्चालक समितिबाट २० प्रतिशत र ३० प्रतिशत बैंकले कर्जा मार्फत लगानी गर्ने गरी सम्झौता गरिएको छ । उक्त डेरी उद्योग स्थापनको लागि एनएमबी बैंकले ३० प्रतिशत कर्जा लगानी गर्ने भएको छ ।
    सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजना बुटवल ईकाईका उद्यम विकास विज्ञ धर्मराज महरालले नेपाल सरकारले खुल्ल दुध वितरण स्वाथ्यका हिसावले ठिक नभएको भन्ने परिपेक्षमा दुधको विविधिकरणका लागि स्थापना हुन लागेको उद्योगले अन्य उत्पाद विविधिकरणमा जोड दिँदा यसले थप किसानको उत्पादन बजारीकरणमा योगदान दिने बताए ।
    कार्यक्रममा नेपाल लाईभस्टक सेक्र ईन्नोभेषन आयोजनाका योजना अनुगमन अधिकार शिवराज भुषाल, वातावारण विज्ञ धनबहादुर श्रेष्ठ, साना किसान कृषि सहकारी संस्था का अध्यक्ष गोपाल पौडेल, अगुवा महिला कृषक सहकारी संस्थाका अध्यक्ष शान्ती न्यौपाने, एनएमवि बैंकका कर्जा अधिकृत सुमित बस्याल लगायतले आ अपाm्नो भनाई राखेका थिए ।
    विशेष डेरी उद्योग प्रालिमा ३३ जना सञ्चालकहरु रहेका छन् । उक्त उद्योगले हाल कपिलबस्तु जिल्लाको चन्द्रौटामा हिमपात सहकारी संगको सहकार्यमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । भने रुपन्देहीको लुम्बिनीमा,नवलपरासीको रामग्राममा संकलन केन्द्र स्थापना गरेको छ । विशेष डेरीको एउटा डेरी प्लान्ट बुटवल ९ मा विगत लामो समय देखि सञ्चालनमा आएको छ ।
    स्थानिय व्याक्तिलाई रोजगारी दिने गरी दुध प्याकेजिङ्ग, लेवलिङ्ग, प्रसोधन तथा अन्य दुग्धजन्य बस्तु उत्पाद गर्ने योजना उद्योगको रहेको छ ।

     

    © 2025 krishipatra All right reserved