यी हुन कृषि मेलामा उत्कृष्ट किसानको उत्पादन र स्टल

बुटवल, चैत ।
बुटवलमा आयोजना गरिएको कृषि मेलामा उत्कृष्ठ स्टल सहित किसान पुरस्कृत भएका छन् । मेलामा प्रर्दशन गरिएको कृषि जन्य उपजको उत्पादन, प्रविधिको प्रर्दशन सहित उत्कृष्ट स्टललाई नगद सहित पुरस्कृत गरिएको हो । मेला समापनको अवसरमा उत्कष्ट स्टल, प्रविधि तथा उत्पादनलाई पुरस्कृत गरिएको छ ।
स्टल तर्फ उत्कृट गुप्ता नर्सरी सर्वोत्कृष्ट, प्रथम लुम्बनी एग्रो एण्ड फर्टीलाईजर, द्वितीय हाम्रो बहुउद्देश्यीय कृषि फार्म, तृतीय सबल नेपाल एग्रो प्रा.ली तथा नेपाली लोकल एग्रो प्रोडक्ट, देउराली जनता प्राविधिक शिक्षालय ९मिना अचार० र लुम्बिनी एबिआई क्लोनी एण्ड रिसर्च सेन्टरलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै प्रविधि तर्फ सैनामैना भर्मी कम्पोष्ट कृषक समूह प्रथम, कृषि सोलुसन द्वितीय, जियो कृर्षि तृतीय, शिवसागर एग्रो ट्रेडर्सलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी बाली प्रदर्शनीमा ग्रिन जोन एग्रो फार्म उत्कृष्ट, सुर्यकिरण कृषक समूह प्रथम, देवदह ग्रिन एग्रो रिसर्च द्वितीय, नवदुर्गा कृषक समूह तृतीय र विष्णु लोध ओमसतीयालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको मुल्यांकन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिनुभयो ।

© 2026 krishipatra All right reserved