सुन्तलाले बजार पाएन

डोटी। अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् ।

सुन्तलाले बजार नपाउँदा चिन्तामा परेको निरौलीका कृषक हर्क साँउदले बताए। उनले मात्रै करिब तीन रोपनी जमीनमा सुन्तला लगाएका छन्। बजारमा अझै पनि सुन्तलाको उचित मुल्य आइ नसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनको भनाइ छ।

बजार व्यवस्थापन र शीत भण्डारको अभावले यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा पर्ने गरेका छन् । विगतका बर्षमा यहाँका किसानका बारीमै सुन्तला किन्न आउने भएपनि यो बर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको गड्सेराका कृषक लिलाधर बिष्टले बताए। जिल्लाको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँमा सुन्तला खेती गरिन्छ ।

© 2026 krishipatra All right reserved