
बुटवल, भदौ ।राष्ट्रिय कृषक समूह महासंघ रुपन्देहीको भेलाबाट देवी वाग्लेको नेतृत्वमा रुपन्देही जिल्ला समिति गठन भएको छ । नयाँ गठन गरिएको समितिको उपाध्यक्ष महेश यादब, सचिवमा यम कुमारी पौडेल, सह सचिवमा लक्ष्मी बाग्ले, कोषाध्यक्षमा निलम थारु चयन भएका छन् । यस्तै सदस्यहरुमा जानकी पासी, लक्ष्मी विक, नरिश्वर सापकोटा, हिमलाल खनाल, अचल चौधरी र नरेन्द्र पाण्डे चयन भएका छन ।