यी हुन लुम्बिनी प्रदेशका पाँच उत्कृष्ट कृषि तथा भेटेरिनरी कार्यालय

बुटवल: भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुलाई सम्मान गरेको छ ।
बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा प्रदेशमा रहेका कार्यालयहरुलाई सम्मानित गरिएको हो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि बिजय बहादुर यादवले सम्मानित कार्यालयहरुलाई प्रसन्सा पत्र, दोसल्ला सहित सम्मान गर्नुभएको हो ।
सम्मानित हुने कार्यलयहरुमा भेटेरिनरी तर्फ बर्दियाको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, रुपन्देहिको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र खजुरा बाँकेमा रहेको कुखुरा विकास फर्म रहेका छन ।
त्यस्तै कृषि तर्फ सम्मानित हुनेहरुमा रोल्पाको कृषि ज्ञान केन्द्र र बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र रहेका छन ।
सम्मानित सबै कार्यालयहरुलाई बधाई दिदै मन्त्रि यादवले सबैले सम्मानित हुने गरि कार्य सम्पादन तर्फ ध्यान दिन आग्रह गरे । सम्मान कार्यक्रममा मन्त्रालयका सचिब डा. रेवतीरमण पौडेल, कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देबकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलम लगाएतको सहभागिता रहेको थियो .

© 2025 krishipatra All right reserved