
बुटवल
स्थानीय आलुको मूल्य श्रृंखला विकासमा बर्दिया जिल्ला सफल भएको छ । खासगरी स्थानिय जातको आलु लोप हुने अवस्थामा बर्दिया जिल्लामा भने यसको उत्पादनमा व्यापक सुधार गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाको सहयोगमा स्थानिय ठाकुरबाबा बहुउदेश्यसहकारी संस्थाले स्थानिय जातको आलु प्रर्वद्धनको लागि नमुना काम अगाडी बढाएको छ ।
सहकारीका अध्यक्ष निलकण्ठ कण्डेलका अनुसार यो बर्ष सुरुवात भएको यो कार्यक्रममा अर्को बर्ष पनि निरन्तर गर्ने योजना रहेको बताउनुहुन्छ । यो बर्ष ६० क्लीन्टल जति आलुको विउ राखीएको कारणले अर्को बर्ष पनि अझ क्षेत्र विस्तार गरी खेती गर्ने योजना रहेको बताउनुभयो । सहकारीका व्यवस्थापक पुर्ण प्रसाद अर्यालका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा ३ हेक्टर क्षेत्रफलमा रैथाने आलु (थारु आलु), उत्पादन गरेको हो । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरि गाउँ बर्दिया मा ५० घरको घरधुरीमा रैथाने आलु(थारु आलु) र धान बजारीकरण, रैथाने विक्रि केन्द्र स्थापनाका लागि प्रदेश सकरारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि विकास निर्देशनालय अन्र्तगतको एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय बर्दिया संग सम्झौता गरेको थियो । जसमा प्रदेश सरकार अन्र्तगतको एकिकृत कार्यलयले कुल ३ लाख र अनुदान ग्राहीले ३ लाख ४ हजार रुपैयाँ गरी कुल ६ लाख ४ हजार रुपैयाँमा आलु उत्पादन गरिएको थियो । जस अनुसार स्थानि रैनाथे जातको (थारु) आलु हाल बजारमा विक्रि वितरण गरिएको छ ।
एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेका अनुसार हाल किसानले १,२,५,१० र २० के.जी को प्याकेजिङ्गमा गरी विक्रि वितरण गरिरहेका छन् ।
स्थानिय जात, स्वाद समेत मिठो भएको कारण उपभोक्ताहरुको रजाईमा उक्त आलु पर्ने गरेको पाइएको छ । पछिल्लो समयमा माग बढि भएको कारण र्को वर्षका लागी बीउ सुरक्षित गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । स्थानिय जात भएको कारण जातिय परिक्षण लगाएत अनुसन्धान कार्यका लागी नेपाल कृषि अनुसन्धान परिषद नार्क खजुरामा समेत पठाइएको छ ।
यो पटक सहकारीले १ सय १० क्वन्टल आलु उत्पादन गर्न सफल भएको थियो । जसमा ६० क्वीन्टल विउको लागि राखिएको छ । खासगरी स्थानि स्वाद, बोक्रा समेत पताले हुने भएको कारण खानको लागि,झोल तरकारी खान समेत विशेष स्वाद हुने गरेको सहकारीका अध्यक्ष निलकण्ठ कण्डेलको भनाई रहेको छ ।
रातो किरा नलाग्ने सिंचाई पनि गर्ननपर्ने भएको कारणयसको उत्पादन अझ बढाउन सकिने सहकारीका अध्यक्षको भनाई रहेको छ । अध्यक्ष भन्नुहुन्छ,–‘कमीला लाग्दैन, रोग प्रतिरोधी स्थानिय जात भएको कारण लगाउन, फलाउनको लागि सजिलो छ । सहकारीबाट उत्पादन भएको यो स्थानिय जातको आलु अझै २० क्वीन्टल भन्दा बढि विक्रिको लागि राखिएको छ ।