लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: ‘‘म किसान प्रदेशको शान’अभियान’

बुटवल, जेठ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेश प्रमुख धर्मानाथ यादवले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै कृषि क्षेत्रबाट नै प्रदेशको विकासमा फ्ड्को मार्न सकिने बताएका हुन । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवले प्रदेश सरकारले ल्याएको भुमि बैंक स्थापना गर्ने, राजमार्ग केन्द्रीत कृषि खेती, तथा कृषि कोसेली घर स्थापनाको कामलाई यो बर्ष अगाडी बढाउने गरी नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिए ।


प्रदेशको एक मात्रै अर्गानिक जिल्ला रुकुम पुर्वलाई पुपर्णरुपमा कार्यान्वन गरिने भएको छ । नीति तथा कार्यक्रममा महिला किसान सहकारी, बनाउ गाउँ घर खुसीयाली नारा साथमा महिलाहरुको लागि सहकारी मार्फत दिगो कृषि विकासमामा सरकारले सघाउने नीति ल्याइएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेशको प्रादेशिक कृषि रणनीति योजना बनाउने योजना समेत अगाडी बढाइएको ।छ ।

 

© 2025 krishipatra All right reserved