
बुटवल, नेपाल सरकारले आगमी आर्थिक बर्ष देखि नीजी तथा सहकारी मा आवद्ध संघ सस्थाले खरिद गर्ने कृषि ढुवानीका साधानको खरिदमा ५० प्रतिशत छुटको व्यवस्थापन गरेको छ । आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि फार्म तथा सहकारीले खरिद गर्ने कृषि जन्य बस्तुको ढुवानीको लागि एउटा साधान खरिदमा ५० प्रतिशत छुटको व्यवस्थापन गरिएको जानकारी गराउनुभएको हो । यो भन्दा पहिला सहकारी वा समुह फर्मले मात्रै यो सूविधा पाएका थिए ।