सैनामैना नगरपालिकाले दियो किसानलाई अनुदानमा ४२ थान च्यापकटर

बुटवल, बैशाख ।
सैनामैना नगरपालिकाले पशु पालक किसानहरुलाई अनुदानमा ४२ थान घाँस,पराल काट्ने विद्युतीय च्याप कटर मेसिन प्रदान गरेको छ ।
नगरपालिकाको पशु विकास शाखा मार्फत नगरपालिकाका ११ वटै वडाका व्यवसायीक किसानहरुलाई उक्त मेसिन प्रदान गरिएको हो । शुक्रबार नगरपालिका कार्यालय परिषर बुद्धनगरमा एक औपचारिक कार्यक्रमको आयोजनागरी किसानालाई उक्त मेसिन प्रदान गरिएको हो ।
विद्युतीय मेसिन प्रदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले सैनामैनले किसानहरुको पक्षमा विस्तृत योजना निर्माण गरी कार्य अगाडी बढाएको जानकारी दिदै मेसिनले व्यवसायीक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने अपेक्षा लिएको बताउनुभयो ।
उहाँले सैनामैना, मासु, अण्डा र दुधमा आत्मनिर्भर बनेको जानकारी दिदै किसानको उत्पादन विक्रिका लागि नयाँ हाट बजार निर्माण गरी सञ्चालनको तयारी गरिएको र निकट भविश्यमा नै चिस्यान केन्द्र समेत निर्माण सम्पन्न हुने प्रक्रियामा रहेको भन्दैयसले किसानहरुको लागि थप सहयोग पुग्ने बताउनुभयो ।
नगरपालिका पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काले प्रति विद्यूतीय च्यापकटर लाई ४० हजार रुपैयाँमा खरिद गरी किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानी रहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले व्यवसायीक किसानहरुको लागि अनुदानमा घाँसको विउ वितरण देखि लिएर यन्त्रीकरणमा समेत विशेष सहयोग गर्दै आएको जानकारी दिदै यसलाई आगामी दिनमा निरन्तरता दिने समेत बताउनुभयो । कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुनिल मरासीनी, गाउँ नगर कृषक संञ्जाल समितिका संयोजक शेर बहादुर क्षेत्री, नगर उप प्रमुख विना राना लगायतले आ आफ्नो मनत्व्य राख्नुभएको थियो ।

 

© 2025 krishipatra All right reserved