
बुटवल मत्स्य शुद्ध नष्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवाको आयोजानमा राष्ट्रिय स्तरको मत्स्य विज उत्पादक, मत्स्य प्रजनन विज्ञ, अनुसन्धान कर्ता तथा मत्स्य प्राविधिकहरुको विचमा संमन्वय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बोल्दै सहभागीहरुले हाल नेपालमा अन्य देशबाट आयात गरी माछाको भ्रुणा विकास गरिदै आएकोमा नेपालको हावापानी अनुकुलको मत्स्य प्रजाति विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बातावारणीय हिसाबले बहुरुपी भएको कारण पनि पनि नेपाली हावा पानी सुहाउदो प्रकारको माछाको जात पहिचान गरी वा नयाँ उत्पादन गरी सोही अनुसारको विस्तारमा लाग्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र वालाजुका प्रमुख प्रमोद कुमार रिजालले बोल्दै नेपालमा माछा पालनको व्यवसाय विस्तारै बढ्दै गएको भन्दै सोही अनुसारको कार्यक्रम सरकारले ल्यादै आएको बताए ।
कार्यक्रममा मत्स्य शुद्ध नष्ल संरक्षण तथा प्रर्वशन स्रोत केन्द्र भैरहवाका प्रमुख महेश चन्द्र गुप्तले मत्स्य शुद्ध नष्लको आवश्यकता, ट्याग सहितको फुयुचर बु्रड वितरणको प्रक्रियाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा मत्स्य मानव संसाधान विकास तथा प्रविधि प्रक्षिण केन्द्र धनुषाका प्रमुख रविलाल शर्माले टिप्पीणी प्रस्तुत गरेका थिए ।
यस्तै राष्ट्रिय स्तरकमा मत्स्य विजनको गुणस्तर तथा माग आपुर्तीको वर्तमान आवस्थाको विषयमा केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र बालाजुका प्रमुख सुवाकस कुमार झाले कार्यपत्र प्रस्तुत गरेका थिए । भने उनको कार्यपत्रमा मत्स्य विज्ञ शिव नारायण चौधरीले टिप्पीणी गरेका थिए ।
यस्तै कार्यशाला गोष्ठीमा मत्स्य शुद्ध नष्लको अनुसन्धान तर्फको बर्तमाान अवस्थामा देखिएका सकारात्मक उपलब्धी र भावि योजानको विषयमा मत्स्य अनुसन्धान केन्द्र पोखरा कास्कीका प्रमुख एकवाल हुसेनले कार्यपत्र प्रस्तुत गरेका थिए भने मत्स्य विकास केन्द्र भण्डारी चितनका प्रमुख कल्याण केसीले टिप्पण्ी गरेका थिए ।
यस्तै शुद्ध नष्लको माउ तथा मत्स्य विज वितरणमा स्थानिय तह र प्रदेशको सहयोगको विषयमा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि.प्रमुख डा. हरी बहादुर कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रदेश ५ का निमित्त प्रमुख जागेश्वर यादवले टिप्पणी गरेका थिए । यस्तै माछाको अनुवांशिक गुण व्यवस्थापन र पाठ्क्रममा यसको आवश्यकताको विषयमा कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवनका उप प्रध्यापक राहुल रन्जलले कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उप प्रध्यापाक पक्लिहवा क्याम्पसकिा शैलेश गुरुङ्गले कार्यपत्र माथि टीप्पणी गरेका थिए ।
कार्यक्रममा मत्स्य व्यवसायी, किसान तथा सरोकारवालाहरुको सहभागीता रहेको मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिए ।