
अर्घाखाँची भूमिकास्थान नगरपालिकाले एक कार्यक्रम बिच दलित तथा बिपन्न परिवारका कृषकहरूलाई बाख्रा बितरण गरेको छ ।
मुख्य मन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तरगत नगरपालिकाले विभिन्न वडामा रहेका दलित तथा बिपन्न कृषकहरूलाई बाख्रा बितरण गरेको हो ।
नगर प्रमुख रेशम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य माननीय रामजी प्रसाद घिमिरेले नगरपालिका ७ को चिदिचौरमा बिपन्न परिवारलाई वाख्रा बितरण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रमा मन्तब्य राख्दै प्रमुख अतिथि घिमिरेले दिन दुखिहरूलाई सबल सक्षम र आत्मनिर्भर बनाउन सरकारकारले कार्यक्रम ल्यायको बताउँदै राहत पाउनुहुने हरू सबैले यो अवसरबाट राम्ररि फाइदा उठाई आर्थिक उपार्जन गर्नु हुन अनुरोध गर्नु भयो ।
नगर उप प्रमुख खडानन्द बेल्बासे को सन्चालन रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अभिकृत लिल बहादुर राउत क्षेत्री ,सिफारिस समितिका सदस्य राजेन्द्र आचार्य ,ज्ञानुकला खनाल ,नगरपालिका का कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल ७ न।का बा बडा अध्यक्ष हुम बहादुर सिं ठकुरि ,वडा सदस्य मन्जु ओली ,५ न। वडा सदस्य शिव प्रसाद बन्जाडे ,भूनपाका बिभिन्नन सहकारि संस्था का प्रमुख तथा प्रतिनिधिहरू ,पशु सेवा शाखा प्रमुख यमुना थापा ,विभिन्न शाखाका शाखा प्रमुखहरू किसानहरूको उल्लेख्य उपस्थिति रहेको भूमिकास्थान नगरपालिका नायव सुब्बा शेसकान्त ओसनले बताउनु भएको छ ।