तिलोत्तमामा नगरप्रमुख दायित्व–उद्यम प्रतियोगीता दोस्रो चरण सुरु

  • अन्तिममा प्रतिष्पर्धाबाट १ जना उद्यमी छनौट गरी १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम
  • बुटवल,  तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख–दायित्व उद्यम दुतिकरण कार्यक्रम अन्र्तगत दोस्रो चरणको उद्घाटन तथा आवेदन आह्वान कार्यक्रम सुरुवात गरिएको छ । तिलोत्तमा नगरपालिका कार्यालय परिषरमा एक कार्यक्रको आयोजना गरी नगर प्रमुख बासुदेव घिमिरेले उक्त कार्यक्रमको शुरुवात गर्नुभएको हो ।  पहिलो चरणबाट कृषि, पर्यटन उद्यमीहरुलाई छनौट गरी प्रतियोगितात्मक रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
    जसबाट शुनिल कुमार पाण्डेले १ लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नुभएको थियो । सोही कार्यक्रम अनुसार दास्रो चरणको कार्यक्रम सुरुवात गरिएको दायित्व परियोजनाका लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिनुभयो । कार्यक्रम शुभारम्भ अवसरमा तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरीदेवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, दायित्वका कार्यक्रम संजोजक सुर्य प्रसाद रिजाल, नेपाल बैंक लिमिटेड मणिग्राम शाखा प्रबन्धक लोकनाथ भुषाल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । दायित्व कार्यक्रम प्रदेश संयोजक कमल थापाको सञ्चालनमा भएको कार्यक्रममा पहिलो कार्यक्रम विजेता पशुपालन उद्यमी लुम्बिनी गोट फार्मका सञ्चालक सुनिल कुमार पाण्डले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    दोस्रो चरण अन्र्तगत तालिम, गोष्ठी तथा विभिन्न प्रतियोगीता आयोजना गरी सोबाट पहिलो चरणमा ५ जना उद्यमी र अन्तिममा प्रतिष्पर्धाबाट १ जना उद्यमी छनौट गरी १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    © 2025 krishipatra All right reserved