कृषिकर्मी रोजगार कार्यक्रमको विषयमा अन्तरक्रिया

बुटवल, फागुन ।
लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना कृषि कर्मी रोजगार कार्यक्रमको विषयमा रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि कर्मी रोजगार कार्यक्रममले कृषि क्षेत्रमा ठुलो परिर्वतन ल्याउने बताईन ।

किसानले कृषि कर्मीको रुपमा राखेका कृषि कर्मीहरुलाई तालिम, पोशाक तथा न्युनतम पारिश्रमीक र सामाजिक सुरक्षा कोषको समेत व्यवस्थापन गर्ने गरी सरकराले कार्यक्रम ल्याएको बताउदै मन्त्री पौडेलले यो कार्यक्रमले आफैमा महत्पूर्ण भुमिका खेल्ने दावि गरिन् ।
उनले भनिन्–‘प्रदेश सरकारले सुरुवात गरेको यो कार्यक्रम आफैमा महत्पूर्ण र गौरवयुक्त कार्यक्रम हो ।’

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानहरुलाई प्राविधिक ज्ञान समेत हुने, दक्ष रोेजगारकर्मीहरु समेत पाईने भएको कारण सरकारले किसानहरुको सहयात्रीको रुपमा काम गर्ने गरी कार्यक्रम ल्याएको जानकारी दिए ।
कार्यक्रममा कृषि कर्मी रोजगार कार्यक्रममो अवधारणा, कार्यविधि तथा कार्यक्रमबारेमा महशाखा प्रमुख श्रीधर ज्ञवाली, सामाजिक सुरक्षा कोषमा रोजगारदाता संस्था, कृषि कर्मीहरुको सूचिकृत गर्ने प्रक्रिया तथा योगदानको विषयमा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको उदेश्यमाथी मन्त्रालयका पशु चिकित्सक हुमाकान्त पाण्डेले प्रकाश पारेका थिए भने गोष्ठीमा कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देवकोटा, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख बुद्धिराज घिमिरे, पशुपंक्षि महशाखा प्रमुख देवीराम मरासीनी, प्रशासन महाशाखा लोक कुमार कार्की, डा. यज्ञ अधिकारी, किसान महासंघ प्रदेश अध्यक्ष खड्क बहादुर कड्का, महिला किसान समुह महासंघका सचिव सरिता भुषाल लगायतलेको सहभागीता रहेको थियो ।

लुम्बिनी प्रदेश सरकारले पहिलो पटक सुभारम्भ गरेको कृषि कर्मी रोजगार कार्यक्रमको विषयमा रोजगारदाताहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । खासगरी कृषि क्षेत्रमा रहेको बढ्दो बेरोजगारीलाई कम गर्दै कृषि संग सम्बन्धी फार्म, संस्था वा व्यवसायमा काम गर्ने कृषि कर्मीहरुको लागि चाहिने आवश्यक न्युनतम तलव, भत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतको व्यवस्थापन गर्ने गर प्रदेश सरकारले यो कार्यक्रम सुरुवात गरेको थियो । जुन कार्यक्रम कार्यन्वनको प्रक्रियामा रहेको छ ।

© 2025 krishipatra All right reserved