
बुटवल, माघ ।
रोजगारीका लागि जापान गएर पुन स्वदेशमा नै आएर व्यवसायीक बाख्रा पालन गर्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिका शुनिल कुमार पाण्डेलाई १ लाख रुपैयाँ को पुरस्कार सहित सम्मान गरिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजानको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तिकरण परियोजना’ ले उनलाई सम्मान गरेको छ ।
पुर्व ग्रोमेन्टमा लागेका पाण्डे रोजगारीका लागि जापानमा गएका थिए ।जापानमा गरिएको व्यवसायी पशुपालन लाई देखेर हाल स्वदेशमा नै आएर व्यवसायीक रुपमा बोयर जातको बाख्रा पालन गर्दै आएका उनलाई परियोजनाले उत्कृष्ठ १० जनाबाट ५ जना उद्यमीमा छनौट गरेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा उनले ३० वाटा बोयर बाख्रा पालनबाट सुरुवात गरेका थिए । हाल उनको फार्मममा ८० वटा बोयर बाखा्रा छन् । आगामी बर्षमा ३ सय वटा बोयर बाख्रा पालन गरी नमुना फार्म बनाउने योजना बनाएका उनले सोही अनुसार बताए ।
उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उप प्रमुख जागेश्वरी देवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले सम्मान सहित नगद पुरस्कार प्रदान गरेका हुन । दायित्व परियोजानका कमल थापाका अनुसार केही समय पहिला देखि निरन्तर सञ्चालन गरिएको परियोजनाले उत्कृष्ठ १० जना उद्यमी छानैट गरेको थियो ।जसबाट उत्कृष्ठ ५ जनाको प्रस्तुती सहितको प्रतिवेदन अनुसार उत्कृष्ठ १ जना छनौट गरी नगद पुरस्कार सहित सम्मान गरिएको हो ।