
बुटवल, माघ ।
राष्ट्रिय नागरिक विकास समाजले रुपन्देहीका कृषि उद्यमी शशी पौडेललाई शनल हिरो अवार्ड ( कोभिड–१९) बाट सम्मान गरेको छ ।
लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टर तिलोत्तमा रुपन्देहीका सञ्चालन रहनुभएका पौडेल सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुुनुहुन्छ । पौडेललाई कोभिडका बेला समेत विभिन्न समाजसेवा र सो उत्पादन मार्फत योगदान पुर्याएको भन्दै सो अवार्ड प्रदान गरिएको हो।
सहरी बिकाश मन्त्रालयका राज्यमन्त्री राम्बिर मानन्धरको प्रमुख आतिथ्यता तथा राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरको अध्यक्षातामा सम्पन्न सो कार्यक्रमममा कोभिडको बेला कृषि तथा सामाजिक क्षेत्रमार्फ़त देश र जनताको लागि योगदान दिएको भन्दै पौडेललाई नेशनल हिरो अवार्ड बाट सम्मानित गरिएको हो।
तिलोत्तमा १३ मा पौडेलले देशकै नमुना लुम्बिी एग्रो पोड्क्ट एण्ड रिर्सच सेन्टर सञ्चालन गरिरहनुभएको छ । फार्ममा नेपालमै सबैभन्दा बढि गाई रहेका छन् । पौडेललाई संघीय सरकार तथा प्रदेश सरकारले समेत विभिन्न रत्न, आभुषणले सम्मानित गरिसकेको छ ।
कृषि उद्धमी पौडेल आफ्नो सरकारी शिक्षकको जागिर र अमेरिकाको ग्रीन कार्ड त्यागेर कृषि पेशामा बिगत २० बर्षदेखि लागिरहनुभएको छ ।