अवैध भारतीय तरकारी पुर्ण रुपमा रोक लगाउन माग

बुटवल । फलफुल तथा तरकारी व्यवसायीहरुले नेपाली भन्सार नाकामाबाट अवैध रुपमा आयात हुने तरकारी र फलफुल को पुर्ण रुपमा रोक्नको लागि माग गरेका छन् । उनीहरुले विषादी परिक्षण गरी मात्रै स्वदेशमा भित्र्याउनुको साथै स्वदेशी तरकारी र फलफुल उत्पादन, विक्रि वितरणमा सरकारले पोत्साहन गुर्नपर्ने बताए । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १४ औं बार्षिक साधारण सभा मा बोल्दै व्यवसायीहरुले यो कुरामा जोड दिएका हुन । उनीहरुले स्वदेशमा नै तरकारी फलपुलको उत्पादकत्व विस्तारै बढ्दै गएको भन्दै सोही अनुसारको नीति तथा कार्यक्रममा सरकारले समेट्नु पर्नेमा जोड दिए । संस्थाका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष धनश्याम (गोपाल) भुषालले व्यसायीक हित संग संगै संस्थाले गरेको समाजिक कार्यको उच्च मुल्यांक भैरहेको भन्दै सरकारी निकायबाट व्यवसायीहरुको विशेष मुल्यांकन हुनु्पर्ने बताए । स्वदेशी व्यवसायी र किसानहरुलाई समेट्ने गरी कार्यक्रम ल्याउनको लागि समेत उनले माग गरे ।
थ बुटवल उपमहानगरापलिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले व्यवसायीहरुको हक हितको लागि नरपालिका जहिले पनि सकारात्मक रहेको धारणा राखे । संस्थाका अध्यक्ष बाबुराम भुषालले कोभिड १९ कराण थाल परेका किसान तथा व्यवसायीहरुको हितको लागि ब्याज छुट, अनुदान लागयतका कार्यक्रम ल्याउनुपर्ने बताए ।
कार्यक्रममा निर्वतनमा अध्यक्ष केशव कुँवर,सल्लाहकार कृष्ण प्रसाद पोखरेल, भिमकान्त पन्थी, , वजिर शाह, भिकाकान्त पन्थी, यदाव गैरे, विर मान लामा सुरेन्द्र कुमार कान्दु, कानुनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे, टोल विकास संस्थाका यादव गैरे, महासचिव मेघनाथ पौडेल, उपाध्यक्ष अमृत भट्राई किसान गणेश भण्डारीले लगायतले शुभकाकाना मन्तव्य राखेका थिए । एक साता भर विभिन्न रचनात्मक कार्यक्रम गरेको संघले शंकरनगर वन वाटिकामा बन्द सत्र तथा साधारण सभा समापन गरेको हो ।

 

© 2025 krishipatra All right reserved