कृषि मन्त्रालयद्धारा बैंक तथा वित्तीय संस्थासंग शुलभ कर्जा बारे छलफल

  • प्रदेश सरकारले २५ करोड रुपैयाँ सरकारले व्याजमा अनुदान दिनको लागि विनियोजन गरेको जानकारी
  • बुटवल, पुस ।
    लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई किसान र सरकारको विचमा पुलको काम गर्नका लागि आग्रह गर्नुभएको छ ।
    प्रदेश सरकारले सुरु गरेको शुलभ कर्जा सहजीकरण कार्यक्रमबारे आयोजना गरीएको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले किसानहरुको लागि सहज रुपमा ब्याजमा अनुदान प¥याउने गरी ल्याएको कार्यक्रमलाई सफल बनाउनको लागि बैंक तथा वित्तीय संस्थाको ठुलो योगदान हुने भन्दै यसमा सहज रुपमा सहजीकरण गर्नको लागि आग्रह गर्नुभयो ।

    प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रदेश तहका कर्मचारी तथा प्रतिनिधि, मन्त्रालय मातहतका निर्देशनालयहरुको विचमा आयोजना गरिएको छलफल कार्यत्र mमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रदेश सरकारले २५ करोड रुपैयाँ सरकारले व्याजमा अनुदान दिनको लागि विनियोजन गरेको जानकारी दिदै यसको सहज कार्यान्वयनको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
    बैठकमा नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रय बाणिज्य बैंक, कृषि विकास बैंक लगायत प्रदेश मतहतका बाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, लुघुवित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।

    बैठकलाई सम्बोधन गर्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले किसानहरुको समस्या सरकारको समस्या रहेको भन्दै कार्यविधिमा रहेका अन्यौलता लाई थप संसोधन गरी सुलभ कर्जा अझै सहज बनाउने समेत जानकारी दिनुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    © 2025 krishipatra All right reserved