बुटवल, मंसिर ।
भिजन कृषि सहकारी संस्था बुटवल१३ बेलबास द्धारा सञ्चालित भिजन कन्ये च्याउ पकेट सञ्चालन संमन्वय समितिको आयोजनामा कन्ये च्याउ खेती सम्बन्धी गोष्ठी तथा तालिम सम्पन्न भएको छ । भिजन च्याउ पकेट सञ्चालन तथा संमन्वय समितिका अध्यक्ष विष्णु प्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडा नम्बर१३ का वडा सदस्य देव प्रसाद गैरेको प्रमुख आतिथ्यता रहेको थियो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै वडा सदस्य गैरेले किसानहरुले सामुहिक रुपमा खेती गर्नुपर्नेमा जोड दिए । यसको लागि सरकार, स्थानिय तह जहिले पनि सकारत्मक रहेको भन्दै किसानहरुलाई निरन्तर रुपमा सहयोग गरिने समेत प्रतिवद्धता जनाए ।
कार्यक्रममा बुटवल उपमहानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले च्याउ को महत्व, च्याउ खेतीको संभावना, बजारीकरणको विषयमा आफ्नो धारणा राख्दै च्याउ आयातमा प्रतिष्थापन गर्न सकेमा मात्रै पनि कृषि क्षेत्रले कायपलट हुने धारणा राखे । यस्तै कार्यक्रममा च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशका सचिव कृष्णराज पोखरेल, सिद्धबाबा तरकारी उत्पादक महिला कृषक समुहका अध्यक्ष सावित्रा रेग्मी, भिजन सहकारी संस्थाका अध्यक्ष नेत्र प्रसाद पन्थी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
तालिमममा कृषि विकास निर्देशनालय बुटवलका बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले तालिम प्रदान गरेका हुन । न्यु भिजन फाण्डेसन नामका संस्थाबाट भिजन कृषि सहकारी संस्था विगत २ बर्ष देखि स्थापना गरी बुटवल बेलबासमा सहकारी क्रियाशिल रहेको छ । आगामी दिनमा ब्लक समेत सञ्चालन गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद भुषालले जानकारी दिए ।















