भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाद्धारा कार्यक्रम सार्वजनिक

बुटवल, असोज ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञ केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.प्रवेज आलमको अध्यक्षता र जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भैरहवामा एक कार्यक्रमको आयोजना गरी विज्ञ केन्द्रले १५ करोड २ लाख ७८ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो । प्रमुख डा. आलमले कोभिडको कारण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न नसकीएको कार्यक्रमहरु यो बर्ष पुरा गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
रुपन्देही जिल्ला र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) कार्यक्षेत्र क्षेत्र रहेको कार्यालयले कृषि उत्पादन, खाद्य तथा पोषण , स्मार्ट कृषि गाउँ, मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम, अभियान मुखि(मिसन), पशुपंक्षि विकास तथा पशु स्वाथ्य कार्यक्रम, ससर्त अनुदान तर्फका कर्याक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एक राज विश्वकर्माले अवको कृषि भनेको उत्पादन मुखि, परिणाम मुखि हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका उप प्रमुख पशुपाती यादव, जिल्ला संमन्वय अधिकारी शोभकान्त पाण्डे, नवलपरासी जिसस सदस्य आशा देवी चौधरी, कृषि ज्ञान केन्द्र नवलपरासी प्रमुख दिवेश मिश्र, केन्द्रीय दुग्ध सहकारीका सञ्चालक हरि प्रसाद काफ्ले, रुपन्देही दुग्ध सहकारी अध्यक्ष लेखनाथ पाण्डे लगायतको सहभागीता रहेको थियो । विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. प्रतिमा विष्ट को स्वागतमा कार्यक्रम भएको थियो ।

© 2025 krishipatra All right reserved