प्रदेश ५ को कृषि विकास निर्देशनालयद्धारा बार्षिक कार्यक्रम सार्वजनिक

बुटवल, भदौ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवल ले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले करिव साढे १४ करोड रुपैयाँ बराबरको कार्यक्रम सर्वाजनिक गरेको छ ।


कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक याम नारायण देवकोटको अध्यक्षतामा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश सभा, वन तथा वातावरण समितिका सभापती विजय बहादुर यादब र प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो ।

आर्थिक बर्ष २०७७/०७८ मा निर्देशनालयले कुल १४ करोड, ७१ लख ५८ हजार रुपैयाँको कार्यक्रम निर्माण गरेको निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार चालु खर्च अन्र्तगतका कुल ४२ वटा कार्यक्रमको लागि कुल ११ करोड, २३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चको लागि कुल ६५ लाख ५० हजार र प्रसासनीक खर्च २करोड ८३ लाख ८ हजार गरी कुल १४ करोड, ७१ लख ५८ हजार रुपैयाको कार्यक्रम निर्माण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उत्पादन वृद्धिमा नै प्रदेश ५ सरकार लागिपरेको बताउनु भयो । उहाँले कोभिडको कारण थला परेको कृषि क्षेत्रलाई उकास्ने प्रमुख जिम्मेबारी मन्त्रालयले रहेको भन्दै यसमा सबै स्रोत परिचालन गरी कार्य सम्पन्न गरिने जानकारी दिनुभयो ।


कार्यक्रममा प्रदेश सभा, वन तथा वातावरण समितिका सभापती विजय बहादुर यादब र प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषाल, प्रदेश पत्रकार महासंघ का सदस्य विक्रम खड्का, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निर्देशनालयका बागवनी विकास अधिकृत सुनौना बराली को सञ्चालन रहेको कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि. प्रमुख तुलसीराम भण्डारी, निर्देशनालयका विभिन्न पदमा रहेका कर्मचारी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

© 2025 krishipatra All right reserved