
बुटवल, साउन ।
धानको ब्याड राख्ने बेलामा, धान रोप्दा र धान रोपेपछि प्रयाप्त मात्रामा मल राख्न नपाउनु नेपालीहरुकोलागि पुरानो रोग हो ।यो बर्ष समयमा ने मनुसन सक्रिय भएको कारण देशभर किसानहरुले समयमा नै धान रोपे, मल खाद विना नै धानको विउ राखेर धान रोपेका कतिपय किसानहरुले धान रोप्दा एक गेडा पनि मल खेतमा राख्न पाएन्न् ।
प्राविधिक रुपमा धानको उत्पादकत्व वृद्धिका लागि धान रोपेको २०, २५ दिनमा युरिया मल धानमा छर्नुपर्ने हुन्छ । यसलाई प्राविधिक भाषामा टेप ड्रस भनिन्छ । तर सरकारी अनुदानको मलको आसा गर्ने किसानहरुले यो समयमा पनि मल प्रयाप्त मात्रामा पाउन सकेका छैनन ।
खासगरी प्रदेश ५ का विभिन्न जिल्लाहरु, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा अनुदानको मल वितरण गर्दै आएको सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवामा मल अभाव छ ।
युरिया एक गेडा पनि छैन कहिले आउछ भन्न सकिन्नः कृषि सामग्री केन्द्र
कृषि सामग्री केन्द्र भैरहवा प्रमुख पुन्य प्रसाद घिमिरेका अनुसार अहिले एक गेडा पनि युरिया मल छैन । तर डीएपी र पोटास ढिला गरि आएको कारण अझै पनि ढिला रोप्ने किसानहरुको लागि प्राप्त मात्रामा रहेको उनको भनाई छ ।
कुराकानीमा सामग्री केन्द्र प्रमुख घिमिरेले भने–“ हामी कहाँ पहिला भएको युरिया सबै सकियो, अहिले एक गेडा पनि मल छैन, अझै कलकत्ता आएको छैन, त्यहाँ आयो भने करिव १५ देखि २० दिनमा रुपन्देहीमा आउछ ।”
साउन महिनाको अन्तीम सम्ममा युरिया मल आउने आकलन गरिएको भएपनि अझै सम्म भारतको कलत्ता बन्दगाहामा मल नआएको कारण यसै भन्न सकीने अवस्था नभएको कृषि सामग्री कम्पनीले जानएको छ ।
किसानहरुले राख्ने बेलामा मल नपाउँदा यो बर्ष पनि उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । कोरोना भाईरसको कारण पिडामा रहेका किसानहरुलाई समयमा नै मल राख्न नपाउँदा थप पिडा खेप्न बाध्य छन ।
प्रदेश ५ को लागि पहिलो चरणका करिव ७ हजार देखि ८ हजार मेट्कि टन युरिया मल आउने गरी प्रक्षेपण गरिएको थियो । तर धानमा राख्ने बेलामा नै मल नआएपछि पछि आउनुको कुनै पनि अर्थ छैन ।
नेपालमा आवश्यकता असार मल नपाएपछि अहिले भारतीय सीमा जोडीएको स्थानबाट अवैध रुपमा राता राता मल ल्याएर किसानहरुले हाल्न बाध्य छन् ।रुपन्देही लगायत भारतीय सिमा जोडीएका अधिकांस दक्षिण क्षेत्रमा खासगरी रातको समयमा मल ल्याएर खेतमा हाल्ने चलन समेत बढेको छ । जसले भारतीय सिमा बजारमा कोरोनाको उच्च जोखिम रहेको स्थानबाट विना सुरक्षा मल भित्र्याउँदा मल संगै कोरोना पनि आउन जोखिम बढ्को हो । रुपन्देहीको कञ्चन गाउँपालिकाका किसान गंगाधर शर्माले युरिया मलको अभावले नेपाल कोरनाको उच्च जोखिममा रहेको बताउँछन् । उनले यो बर्ष यो बर्ष मनसुन अलि छिटो सकृय भएकोले नेपालमा समय भन्दा अगाबै धान रोपाइँ सकिएको तर टप ड्््ेसको बेलामा किसानले खेतमा मल राख्न नपाएको गुनासो गरेका छन् । उनले भारतीय सिमा क्षेत्रबाट रातारात अवैध रुपमा बढि मुल्य तिरेर मल ल्यादा किसानहरु थप जोखिममा परेको समेत बताएका छन् ।
उनले भनेका छन्–“यस्तो अबस्थामा कालोबजारियाहरुले युरियामल भारत तिरबाट चोरबाटो हुँदै नेपाल भित्र्याउने र महँगोमा बिक्री गर्ने गरिरहेका छन ।” किसान शर्माले यस्तो अबस्यामा एकातिर किसानहरु प्रत्यक्ष आर्थिक रुपमा पिडित भैरहेका छन भने आर्को तिर दैनिक सयौंको संख्यामा साईकल , बाईकबाट मल ओरास पसार गर्दा कोरनाको उच्च जोखिम बढेको बताएका छन् ।
(बुटवल टुडे दैनिकबाट साभार)