
बुटवल ,
काेराेना(काेविड-१९)काे बन्दाबन्दीका कारण एकातर्फ किसानकाे तरकारी र दुध बिक्री गर्न कठिनाई भैरहेकाे र अर्का तर्फ शहर बजारमा बस्ने उपभाेक्ताले बिचाैलियाबाट चर्काे मुल्यमा न्युन गुणस्तरकाे दुध र महंगा तरकारी उपभाेग गर्नु परिरहेकाे परिवेशमा प्रदेश नं.५ भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रि अआरती पाैडेलकाे समन्वय तथा राष्ट्रिय सहकारी महासंघका संचालक एवं रुपन्देही जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचन, लुम्विनी बिशिष्टिकृत सहकारी संघ प्रदेश नं.५ वुटवल रुपन्देहीका अध्यक्ष डा.खगराज शर्मा, नेफ्स्कुनका संचालक संदिप सापकाेटा र संसार सहकारीका अध्यक्ष विष्णु वस्ती सहित समग्र सहकारी अभियानकाे विशेष सक्रियतामा प्रदेश नं.५ काे राजधानी वुटवल नगरीमा अाज राष्ट्रिय सहकारी महासंघका संचालक भिम तुलाचनले दुधकाे पाेका र भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज व.थापाले तरकारीकाे झाेला उपभाेक्तालाई हस्तान्तरण गरी शुभारम्भ गर्नु भयाे ।
उक्त कार्यक्रममा मन्त्रालयका कर्मचारी, सहकारीका अभियन्ता एवं कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । अाज लुम्विनि बिकास मंच रुपन्देहीका अध्यक्ष एवं गैडहवा गा.पा.सुर्यपुराका अगुवा कृषक संदिपगुप्ताले त्यस क्षेत्रका कृषकहरु समेतकाे करिव ६०० केजी तरकारी ल्याई विक्री गर्नुभयाे भने अगुवा महिला दुग्ध उत्पादक सहकारी संस्था लि. वुटवल १४ का किसानहरुकाे करिव ४०० लिटर दूध विक्री गरेेेकााेाे हााे । किसानकाे आववस्यकता र उपभाेक्ताकाे मागका अाधारमा याे सेवा लकडाउन अवधि भर संचालन गरिनेछ ।