
बुटवल, बैशाख ।
कोभीड–१९ को कारण किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु ढुवानीको लागि सहज बनाउनको लागि प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
मन्त्रायलले शुक्रबार अनलाईन पत्रकार सम्मेलनको आयोजना गरी कोभीड १९ को विषम परिस्थितीमा किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य खाद्य बस्तुको आपुर्ती तथा विक्रि वितरणको लागि मन्त्रायले अनुदानमा उपलब्ध गराएका ३४ वटा र थप मन्त्रालयका सरकारी १० वटा गरी कुल ४४ वटा पिक अप भ्यान लाई ‘कृषि एम्बुलेन्सको’ रुपमा उपलब्ध गराउने भएको छ ।
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीहरुलाई सहुलियत दरमा तरकारी, फलफुल, दुध माछा, मासु तथा अन्य उपभोग्य सामग्री को उपलब्धतालाई सहज बनाउनको लागि ४४ वटा पिक अप भ्यान परिचालन गर्न लागिएको हो ।
यसरी व्यवस्थापन गर्न लागिएको पिकअ भ्यानको सवारी साधानको न्युनतम भाडा कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै व्यहोर्ने छन् भने गाडीको लागि आवश्यक ईन्धन कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले व्होर्नेछन् । यसरी ति ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रले आर्थिक रुपम व्यहोर्न नसकेमा थप बजेट मन्त्रायले दिने छ ।
मन्त्रालयका सचिव तेज बहादुर सुवेदीका अनुसार किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रुपमा विक्रि वितरण तथा ढुवानीका लागि वातावरण मिलाउनको लागि मन्त्रायले यो निर्णय गरेको हो ।
यस्तै मन्त्रालय ले कोभिड १९ को संक्रमण रोक्नको साथै अत्याबश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपुर्ति तथा वितरण र उत्पादन सामाग्रीहरुको शुलभ आपुर्तीको सुनिश्चित गर्न र खासगरी साना किसानहरुलाइ यसको प्रभाव न्युनीकरण गर्न कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले अगुवाइ गरी ढुवानी र वितरणको ब्यवस्था आग्रह गरेको छ ।
कोभिड १९ को प्रभाव न्युनीकरणको लागि आबश्यक समन्वय गर्न मन्त्रालयमा उपसचिब सुरेशचन्द्र आचार्य ९८५११२०४८० लाइ तोकिएको र मातहत सबै कार्यालयहरुमा एक एक जना सम्पर्क अधिकृत तोक्ने ब्यवस्था मिलाइएको छ ।
प्रत्येक जिल्लामा १/१ वटा सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणाली मार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसंग समेत समन्वय गर्ने ब्यवस्था मिलाउने जनाइएको छ ।
यस्तो छ कृषि मन्त्रायलको ७ वटा महत्पूर्ण निर्णय
भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय
प्रदेश नं ५ बुटवल
कोभिड १९ को संक्रमण रोक्नको साथै अत्याबश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपुर्ति तथा वितरण र उत्पादन सामाग्रीहरुको शुलभ आपुर्तीको सुनिश्चित गर्न र खासगरी साना किसानहरुलाइ यसको प्रभाव न्युनीकरण गर्न कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले अगुवाइ गरी ढुवानी र वितरणको ब्यवस्था मिलाउन तपसिल अनुसारको ब्यवस्था गरिएको छ ।
- सम्पर्क कार्यालय तथा ब्यक्ति तोकिएको
कोभिड १९ को प्रभाव न्युनीकरणको लागि आबश्यक समन्वय गर्न मन्त्रालयमा उपसचिब श्री सुरेशचन्द्र आचार्य ९८५११२०४८० लाइ तोकिएको र मातहत सबै कार्यालयहरुमा एक एक जना सम्पर्क अधिकृत तोक्ने ब्यवस्था मिलाइएको छ ।
प्रत्येक जिल्लामा एक एक वटा सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणाली मार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसंग समेत समन्वय गर्ने ब्यवस्था मिलाउने ।
सवारी साधन परिचालन गर्दा अनाबश्यक हिंडडुल कम गर्न सकभर चार चक्के ढुवानी साधन परिचालन गर्ने र उत्पादन स्थलबाट कृषकहरुले सोझै टोलटोलमा खुद्रा ब्यापारी र उपभोक्तासम्म पुर्याउने ब्यवस्था मिलाउने ।
- कृषि एम्बुलेन्स संचालन
उत्पादकहरुलाइ पनि ढुवानी सहजिकरण हुने र उपभोक्ताहरुलाइ पनि सहुलियत दरमा तरकरी फलफुल दुध माछा मासु तथा अन्य उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने ब्यवस्था मिलाउन कार्यालयको पिकअप परिचालन गर्न सकिने अवस्थामा कार्यालयको पिकअप गाडि परिचालन गर्ने र कार्यालयको गाडि परिचालन हुन नसक्ने अवस्थामा मन्त्रालय र मातहतका निकायबाट कृषि उद्यमी तथा कृषि सहकारीहरुलाइ उपलब्ध गराइएको पिकअपहरु परिचालन गर्ने ब्यवस्था मिलाउने ।
नीजी क्षेत्र तथा सहकारीको पिकअपहरु परिचालन गर्दा सवारीसाधनको न्युनतम भाडा सम्बन्धित कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै ब्यहोर्ने र उक्त पिकअप परिचालन गर्दा लाग्ने इन्धन कृषि ज्ञान केन्द्र वा बिज्ञ केन्द्रले आन्तरिक बजेट बाट नै ब्यहोर्ने र विनियोजित बजेटबाट नपुग हुने अवस्थामा थप बजेट माग गरी पठाउने र मन्त्रालयले आबश्यक ब्यवस्था मिलाउने ।
- बीउ मल विषादी तथा अन्य उत्पादन समाग्रीको ब्यवस्थापन
वर्तमानको कठिन परिस्थितिमा बाली लगाउनको लागि किसानहरुलाइ बीउ मल रोग तथा कीटनासक बिषादी चल्ला दाना तथा चारा घांस परालको आपुर्ति ब्यवस्था मिलाउने र समयमी बाली थन्काउने तथा बाली लगाउने कार्यमा सामाजिक दुरी कायम राखी समयमै गर्ने गराउने ब्यवस्थाको लागि आबश्यक समन्वय गर्ने ।गाउं टोल तथा सहरी क्षेत्रमा भिड कम गर्न उत्पादक तथा वितरकहरुलाइ टोल टोलमै पुगि सोझै खुद्रा पसले वा उपभोक्तालाइ बिक्री गर्ने ब्यवस्था मिलाउने ।
कृषि तथा पशुपंक्षीजन्य खाद्यवस्तु तथा उत्पादन सामाग्रीको ढुवानीमा कुने अवरोध भए कृषि ज्ञान केन्द्र पशु सेवा बिज्ञ केन्द्रले स्थानीयस्तरमा नै प्रशासन र सुरक्षा निकायसंग समन्वय गरी सहजिकरण गर्ने र यस बारेमा कृषक कृषि उद्यमी तथा ब्यवसायीहरुलाइ पनि रेडियो टेलिभिजन मार्फत जानकारी गराउने ।
- अनलाईन पास तथा ट्रयाकिड्ग सिस्टम
मन्त्रालयबाट कृषि तथा पशुजन्य उत्पादन र उत्पादन सामाग्रीको आपुर्ति र वितरणको लागि अनलाईन पास तथा ट्रयाकिड्ग सिस्टम लागु गरिएको छ। सम्बन्धित ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रबाट सोही अनुसार कार्यन्वयनमा सहजिकरण गरिनेछ। लागु गरिएको ब्यवस्था र इ…पासको ब्यवस्थाको बारेमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरुमा पनि जानकारी गराउने ।
कृषि तथा पशुपंक्षी जन्य उत्पादन र उत्पादन सामाग्रीको ढुवानीको लागि खास गरी चारपांग्रे सवारीहरुको परिचालन गर्दा कृषि ज्ञान केन्द्र र पशु सेवा बिज्ञ केन्द्रमा समन्वय र जानकारी गराइ पास लिएर मात्र परिचालित हुने ब्यवस्था मिलाउने ।
यस सम्बन्धमा कुनै समस्या आइपरेमा सम्बन्धित निर्देशनालयमा जानकारी गराउने र निर्देशनालयहरुले मन्त्रालयमा विवरण सहित जानकारी दिने ब्यवस्था मिलाउने।
- एग्रोभेट तथा कृषि समाग्री विक्रेता पसल संचालन
खासगरी बर्षे बाली लगाउनको लागि आबश्यक तयार गर्न बीउ मलको ढुवानी तथा रोगकीराको प्रकोप ब्यवस्थापन गर्न आबश्यक कीटनाशक बिषादीको आपुर्ति र वितरणको ब्यवस्था मिलाउन एग्रोभेट पसल र कृषि सामाग्री बिक्रेता पसल खोली उत्पादन सामाग्री कृषकलाई समयमै उपलब्ध गराउने ब्यवस्था मिलाउन जिल्लास्थित कार्यालयले सहजिकरण गर्नेछन ।
- तथ्याकं अध्यावधिक तथा जानकारी प्रवाह
कृषकहरुले आफूले उत्पादन गरेको परिमाण तथा विक्री योग्य परिमाण सम्बन्धित जिल्लास्थित कार्यालयमा जानकारी गराउने र सोही अनुसार सम्बन्धित कार्यालयले ढुवानी तथा तथा वितरण प्रणालीको ब्यवस्था मिलाउनेछन। जिल्ला स्थित कार्यालयबाट कृषि उपज वस्तुहरुको माग आपूर्ती र हालको मौज्दात सम्बन्धि तथ्याकं अद्यावधिक गरिनेछ।
लकडाउनका कारण कृषि क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव र क्षतिको तथ्याकं समेत संकलन गर्ने ब्यवस्था मिलाई सम्बन्धित निर्देशनालयले मन्त्रालयमा पेश गर्ने ब्यवस्था मिलाईएको छ।
- उत्पादन बृद्धिका लागि करार खेती कार्यक्रम
कोभिड १९ बाट सृजित बिशेष परिस्थितिको कारण कृषि तथा पशुजन्य उत्पादन घट्न गई भबिष्यमा आउन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै स्थानिय तहहरुको सहकार्यमा करार खेती कार्यक्रमलाई प्रभावकारी रुपमा अधि बढाउन जग्गा भाडा बापतको रकम र केही पूर्वाधार विकास खर्च मन्त्रालयले उपलब्ध गराउने गरी जग्गा भाडामा दिने जग्गा धनि र भाडमा लिइ खेती गर्ने कृषकहरुको विवरण तयारीका लागी सबै स्थानिय तहहरुलाई पत्राचार गरिएको छ। यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिई कृषि उत्पादन बृद्धि कार्यमा अग्रसर हुन सबैमा अनुरोध छ।
अन्तमा, कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादन सामाग्रीहरुको आपुर्ति र वितरणको साथै कोभिड १९ बाट सृजित बिशेष परिस्थितिको कारण भबिष्यमा खाद्य संकट आउन नदिन किसानहरुलाइ बाली थन्काउने कार्यमा सामाजिक दुरी कायम राख्दै मौषमी रुपमा गर्नुपर्ने कामहरु समयमै गर्न र आगामी मौषमी बाली लगाउने कार्यमा सहजिकरण समेतका लागि सबै सरोकारवाला निकायहरुलाइ आ-आफ्नो तहबाट सहयोग र समन्वयको गर्न हार्दिक अनुरोध गरिएको छ।