
मापदण्डअनुसार किनमेल नभएको गुनासो आए लगत्तै बुटवल उपमहानगरपालिकाले बुटवल कृषि थाेक बजार केन्द्र बन्द गर्ने भएको छ ।उक्त केन्द्रको सन्चालक समितिकाे चैत २२ गते शनिबार बसेकाे वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।हरियाे साग सब्जि तरकारिको सुरक्षित काराेवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त काराेवारमा बढि भिडभाड गरि काराेवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
उपमहानगरपालिकाले सामाजिक दुरि कायम गराउन गरेको पटकपटकको आग्रहसमेत अटेरी गरेकाले चैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताउनुभयो । केन्द्रका ब्यबसायिक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्रीवितरण हुँदै आएको थियो ।