
पाल्पा सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले सन्तुलित पशु अाहार बिक्री तथा बीउ विजन संकलन कक्ष उद्घघाटन गरेकाे छ । संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे उद्घाटन जिल्ला भेटेनरि तथा पशुविज्ञ केन्द्र प्रमुख डा चन्द्रबहादुर रानाले गर्नुभएको हाे ।
उहाले पशु अाहारका लागि सन्तुलित अाहार राम्रो रहेकाेले नियमित पशुकाे खानपानमा ध्यान दिन कृषकलाई अनुराेध गर्नुभएको छ । व्यवस्थापक भविनारायण मरासिनीले कार्यक्रमकाे उद्देश्यका बारेमा जानकारी गराउदै स्वागत गर्नु भएको कार्यक्रमकाे संचालन सचिव बिनाेद श्रेष्ठले गर्नुभएको हाे । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कमलराज भट्टराईले संस्थाले गरेका कार्यक्रमबारे जानकारी दिनुभएको थियाे ।