नेपालमै सबैभन्दा बढि गाई पाल्ने किसान शशी पौडेललाई प्रदेश सरकारको ‘प्रदेश रत्न विभुषण’

  • उनको फर्मममा हाल ६ सय भन्दा बढि गाई छन् ।
  • बुटवल, नेपालमै सबैभन्दा बढि गाई पालन गर्ने किसानको रुपमा पहिचान बनाएका कृषक शशीधर शर्मा पौडेललाई प्रदेश ५ सरकारले विकासरन्त विभुषणा बाट विभुषित गरेको छ । प्रदेश स्थापनको तेस्रो बर्षको अवसरमा बुटवलमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश ५ प्रमुख धर्मनाथ झा, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी,  लगायतका का मन्त्रीहरुले उनलाई विभुषण प्रदान गरेका हुन । कृषि क्षेत्रमा विशेष योगदान पु¥याउदै आएको भन्दै किसान पौडेललाई सम्मान गरिएको हो ।


    यस भन्दा पहिला नेपाल सरकारले समेत उनलाई विकास रत्न लगायतका विभिन्न विभुषणबाट विभुषित गरिसकेको छ । यसको साथै कृषक पौडेलले दुई दर्जन भन्दा बढि पुरस्कार तथा सम्मान प्राप्त गरिरहेका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढमा किसान पौडेलले लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्ज सेन्टर नामको गाई फर्म सञ्चालन गर्दै आएका छन् ।उनको फर्मममा हाल ६ सय भन्दा बढि गाई छन् ।

    © 2025 krishipatra All right reserved