
बुटवल, ३ माघ ।
रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ बर्षाको कारण प्रभावित भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, सैनामैना नगरपालिका, देवदह नगरपालिका रुपन्देहीको सहयोगमा जारी महोत्सवको निरन्तर परेको बर्षाको कारण प्रभावित भएको हो ।
मेला प्रचार प्रसार समितिका संयोजक किरन नेपालले निरन्तर बर्षा भएको कारण मेलाको माघ ३ गते हुने कार्यक्रम ४ गते लार्ई सारिएको जानकारी दिए । उनले ४ गते पनि निरन्तर बर्षा भैरहेहमा यसलाई पनि सार्न सकिने जानकारी दिए ।
मेला आयोजक समितिका सदस्य सचिव मत्स्य विकास अधिकृत रमेश जैसवालले मेला स्थाल हिलो भएको कारण ३ गते गर्ने भनिएका सबै कार्यक्रमहरु स्थगन गरी ४ गतेलाई राखिएको जानकारी दिए ।
४ गते बाट मौसममा सुधार आउने संकेत देखिएको भन्दै उनले त्यसपछि निरन्तर मेला आयोजनागरिने छ ।
सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुका अनुसारमा नेपाल भ्रमण वर्षलाई लक्षित गाउँपालिका स्तरबाट पहिलो पटक मेला आयोजना गरिएको हो ।
पाँच दिन सम्मको महोत्सवमा थारु कल्चर, स्थानिय उत्पादन, माछाका बिभिन्न परिकार, कृषिका उत्पादन र कृषिका औजारको समेत प्रद्धर्शन भैरहेका छन् । मेलाको माघ १ गते संघीय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालले उदघा्टन गरेका थिए ।
माछा सुपरजोन सञ्चालक समितिका संयोजक गणेश बहादुर शाहीले महोत्सवमा ३० देखि ४० हजार कृषक ल्याउने लक्ष्य रहेको छ ।
नेपाल मत्स्य ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुषालले कृषकका उपज देखि लिएर कृषि औजारहरु प्रदर्शनमा राखिएको जानकारी दिए । मेलामा करिव ५० वटा स्टल रहेका छन् ।