अर्घाखाँचीमा आर्थिक पुर्नस्थापना शसक्तिकरण कार्यक्रम प्रभावकारी हुदै गएको दावी

बुटवल,  पुस ।
अर्घाखाचीका विभिन्न स्थानिय तहमा सहकारी मार्फत प्रवासी परिवारहरुको आर्थिक पुर्नस्थापना शसक्तिकरण कार्यक्रम प्रभावकारी हुदै गएको सरोकारवालाहरुले बताएका छन । जिल्लाको भुमिकास्थान, सितगंगा नगरपालिका तथा मालारानी गाउपालिकामा सञ्चालन गरिएको कार्यक्रमबाट प्रवासीका परिवारले लाभ लिएको र उनीहरुको जीवनस्तरमा समेत परिवर्तन ल्याएको उनीहरुले बताएका छन । जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजनामा भारत प्रवासी परिवारहरुको आर्थिक शशक्तिकरण अनुभव सिकाई विषयक अन्र्तरक्रिया कार्यक्रममा समूह तथा सहकारीका महिलाहरुले आ आफ्ना अनुभव राख्दै कार्यक्रमबाट आफूहरु लाभान्वित भएको बताएका थिए ।
प्रवासमा रहेका आफ्ना आफ्न्तजनले पठाएको रकम गाउमै लिन पाउने ब्यवस्था भएपछि आफूहरुको समय बचत हुनुका साथै खर्च पनि कम हुने गरेको अनुभव उनीहरुले बताए । त्यस्तै गाउमै सुरक्षित ए.व सरल विप्रेषण सेवाका कारण प्रवासबाट साथमा रकम वोकेर आउने क्रम घटेको जसले गर्दा बाटोमा लुटिने घट्नाहरुमा कमी आएको समेत सहभागिले बताए । समुहका प्रेमी सुनार, सिता खड्का लगायतले बोल्दै परियोजनाले गरेका कार्यक्रमले धेरै परिर्वतन आएको बताएका थिए ।

कार्यक्रममा वोल्दै प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकार किसानहरुलाई सघाउनको लागि तयार भएको बताईन । नमुना फर्म स्थापना गर्नको लागि सहकारीहरुले समुहिक रुपमा काम गर्नुपर्ने समेत बताईन । मन्त्री पौडेलले भनिन्–‘अवको कृषि प्रणाली भनेको सामुहिक खेती, सामुहिक उत्पादन र सामुहिक नाफा आर्जन हो । ’

अक्सफाम नेपालको सहयोगमा अर्घाखाँची जिल्लाको भुमिका स्थान नगररपालिका वडा नम्बर १, २ ढाकावाङ्ग र धारपानी, ढिकुरा सिंतगंगा नगरपालिकाका वडा नम्बर ५, ६ जुकेना, मालारानी गाउँपालिकाका वडा नम्बर ४ खन र वडा नम्बर ५ बामुरुक, वडा नम्बर ६ हंसपुर र ७ गोखुङ्गा गरी कुल ११ वटा वडामा जनचेतान सरोकार मञ्चको सहयोगमा सहकारी स्थापना गरी पशुपालन, खेती तथा विप्रेषण सेवाका काम हुदै आएको मञ्चका परियोजना संयोजक युवराज ज्ञवालीले बताए । उनले विदेशबाट आएको रकम लाई गाउँमा नै उद्यमी निर्माण गर्नको लागि परियोजनाले विशेष भुमिका खेलेको ज्ञवालीले जानकारी दिए । उनले प्रवासीका परिवारहरुलाई कृषि गर्न विभिन्न किसिमका सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा अक्सफाम नेपालका टिम लिडर महेन्द्र नारायण महतो, परियोजना संयोजक श्रीधरी पाण्डे, मञ्चका अध्यक्ष टेकराज गौतमेले कार्यक्रमले पारेको सकरात्मक प्रभावका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्यहरु चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जालपा भुषाल, निर्मला क्षेत्री, स्थानिय तहका जनप्रतिनिधिलगायतले सहभागिता जनाएका थिए ।

© 2026 krishipatra All right reserved