Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

अण्डा उत्पादक किसानले भने–‘बिचौलिया नै हाम्रा सत्रु हुन’

  • सातौं राष्ट्रिय पोल्ट्री दिवस
  • बुटवल, सातौं राष्ट्रिय पोल्ट्री दिवस बुटवलमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल अण्डा उत्पादक संघ र लुम्बिनी अण्डा उत्पादक संघको संयुक्त आयोजनामा बुटवलमा प्रभात फेरी, अन्तरक्रिया तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अण्डा वितरण गरिएको छ ।
    अन्तरक्रिया कार्यक्रममा किसानहरुले विचौलियाको कारण आफुनो पेश व्यवसाय नै धरसायी हुन लागेको भन्दै यसको अन्त्य गर्न सरकार संग माग गरेका छन् ।
    नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले अण्डाको लागत मुल्य तोक्नको लागि सरकारले ढिलाई गर्न नहुने बताएका थिए । विगत लामो समय देखिको पटक पटक अन्दोलन पश्चात अहिलेको सरकारले लागत मुल्य तोक्ने आवश्वास दिएको भन्दै जुन कार्य सकारात्मक रहेको बताए । लागत अनुसारको किसानले प्रतिफल पाउनको लागि विचौलियाको अन्त्य हुनुपर्ने भन्दै उनले विचौलियाको अन्त्य नहुँदा सम्म किसानले उचित मुल्य नपाउने बताएका थिए ।
    अहिले साना किसानहरुले लागत मुल्य भन्दा पनि कम मुल्यमा अण्डा वितरण गर्नुपरेको भन्दै यसको लागि सरकारी निकायबाट नै विचौलियालाई नियन्त्रण गर्नुपर्ने बताए ।

    पशुपंक्षि विकास निर्देशनालयका महानिर्देशक डा. बंशी शर्माले माघको अन्तीम समय सम्ममा अण्डा उत्पादक किसानहरुको विचमा छलफल गरी अण्डाको लागत मुल्य तोकीने बताएका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक डा. शर्माले विदेशबाट आउने दानामा एन्टीवाईटीक राख्न नहुने गरी व्यवस्था गरिएको जानकारी गराए । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का अध्यक्ष तेज कुमार पाठक ले उपभोक्ताहरुको अधिकार माथि खेलवाड गर्ने अधिकार जो कसैलाई पनि नभएको भन्दै यसको लागि उपभोक्ता स्तरबाट नै निरन्तर खबरदारी आवश्यक रहेको बताएका थिए ।

    कार्यक्रममा बोल्दै लुम्बिनी अण्डा उत्पादक संघका बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेले किसानले उचित मुल्य नपाउँदा समस्या रहेको भन्दै यसको लागि आम किसानहरु एकता बद्ध हुनुपर्ने बेला आएको बताएका थिए
    कार्यक्रममा नवलपुर अण्डा उत्पादक संघका अध्यक्ष कृष्ण थापा, सम्मानित किसान प्रकाश अधिकारी, डा. दिगदेव भट्ट, रुद्र पौडेल, डा. उमेश दाहाल, विष्णुहरी अधिकारी, प्रेम हरी तिमिल्सीना लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न समयमा अण्डा उत्पादक किसानहरुको हक हितको लागि लागिपर्ने किसानहरुलाई सम्मान गरिएको थियो ।

    © 2026 krishipatra All right reserved