किसानलाई विउ वितरण

बुटवल, पुस ।
नमस्ते बाल बचाउ नेपालको आयोजना गते शुद्धोधन गाउँपालिकाको वडा नं. ३ कपिलवस्तु लमनीमा संचालित एक दिने बिउ वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
नमस्ते बाल बचाउ नेपालका अध्ययक्ष जगन्नाथ बस्यालो अध्यक्षतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिका वडा नम्बर ३ को को आर्थिक सहयोगमा विउ वितरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।स्थानीय कृषकहरु ७० जना किसानहरुको सहभागीता रहेको कार्यक्रममा विशिष्ट अतिथि गा.पा. प्रशासनिक अधिकृत कृष्णप्रसाद ज्ञवाली, वडा नम्बर ३ का वडा अध्यक्ष मोहिद्दीन खानको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लेखा अधिकृत ऋषिदेव अर्याल, लेखापाल जियार्उरहमान खाँमानव निगरानी संरक्षक समिति अध्यक्ष मिना परियार, दियालो नेपाल समितिका अध्यक्ष कमला वि.क., आदर्श सामुदायिक विकास केन्द्र समितिका अध्यक्ष गरिबउल्लाह फकिरको आतिथ्यता रहेको थियो । संस्था कि सल्लाहकार गिता पन्थको सञ्चालक रहेको कार्यक्रममा मिना परियार र अक्षयर भर पाण्डे ले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा भिण्डी, घिरौंला, लौका, करेला, बोडी, प्याज को विउ निशुल्क रुपमा वितरण गरिएको थियो ।

© 2026 krishipatra All right reserved