
बुटवल, कार्तिक ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट भएका विभिन्न कार्यक्रम तथा अनुदानको विषयमा कृषि मन्त्री आरती पौडेल आफैले अनुगमन गर्नुभएको छ । शुक्रबार बिहान रुपन्देहीका विभिन्न स्थानमा मन्त्री आरती पौडेलको सक्रियातमा अनुगमन भएको हो ।
प्रदेश ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयबाट वितरण भएका अनुदानको विषयमा विभिन्न गुनासो आएपछि मन्त्रीको सक्रियतामा विभिन्न अनुदान ग्राही फर्म, संस्था तथा समुह सहकारीको अनुगमनमा मन्त्री पौडेलले चासो देखाउनुभएको हो ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र मन्त्रालय र मन्त्रालयमातहतका निर्देशनालयबाट वितरण भएका अनुदान तथा कार्यक्रमहरुको बारेमा स्थलगत अनुगमनमा मन्त्री आफै अनुगमनमा निस्कनुभएको हो ।
मन्त्री पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको स्मार्ट कृषि गाँउ अन्र्तगतको बाख्रा पालन फर्म, तिलोत्तमा–८ पहुनीमा रहेको बाँसघारी गाई फार्म, बुटवल १५ सेमलारमा रहेको सेमलार पशु विकास फर्म, शुद्धोधन गाउँपालिका–४ केवलीमा रहेको नवदुर्गा गाई भैसी फर्म, सियारी गाउँपालिका वडा नम्बर ४ ओलिहवामा रहेको पासवान एकिकृत कृषि फर्म, सैनामैनामा रहेको लुम्बिनी लाईभस्टक फर्म(बंगुरपालन)को अवलोकन/अनुगमन गर्नुभएको हो । मन्त्री पौडेलले बास्तविक कृषि गर्ने किसानहरुमा अनुदानको दुरुपयोग भएको नपाइएको बताउनुभयो ।