केयुविके द्धारा स्मार्ट कृषक महिलालाई सम्मानित

  • महिला किसानलाई सम्मान गरेको छ
  • बुटवल
    कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत किसानका लागी उन्नत वीउ विजन कार्यक्रमले स्मार्ट महिला किसानलाई सम्मान गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी अग्रणी (स्मार्ट) महिला किसानलाई सम्मान गरिएको हो ।
    कार्यक्रम संचालन भएका ७ जिल्लाहरु रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, प्यूठान, गुल्मी र अर्घाखाँची जिल्लामा बीउ,दुध र मासु जन्य ७६८ उपआयोजना संचालन गरेको छ ।

    आयोजनाबाट अनुदान प्राप्त गरेका, उपआयोजना समयमै सम्पन्न गरी नेतृत्व दायी भूमिकामा रहेका, कृषिमा व्यवशायीकरण तर्फ लागेका र सदस्यको आर्थिक तथा सामाजिक उन्नतीमा ध्यान दिएका महिलाहरुलाइ कृषिमा अग्रणी (स्मार्ट) महिलाको रुपमा पहिचान गरीएको हो । ती उपआयोजना मध्य, महिलाहरुले संचालन गरेका उकृष्ट १२ वटा उपआयोजना संचालन गरेको समूह सहकारीहरु छनौट गरी, ति संस्थाहरुलाई सफल नेतृत्व दिइरहेका १२ वटा महिलाहरुलाई पहिचान दिन कृषिमा अग्रणी महिलाको रुपमा छनौट गरेको छ ।

    स्मार्ट महिला किसानमा अर्घाखाँचीबाट मीना नेपाली, शुभकला नेपाली र सरला वन्जाडे, गुल्मीबाट पम्फा दंगाल मगर, रुकुमबाट चित्रा शर्मा र गोपा वि.एम., सल्यानबाट निर्मला कुमारी डाँगी र सुसिला भण्डारी, प्यूठानबाट गीता जी.एम. र पवित्रा जि.सी. र रोल्पाबाट हिरा घले छन् ।
    छनौट भएका १२ जना महिलाहरुलाइ बुटवलमा एक समारोह विच बिहिबार प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननिय आरती पौडेलले सम्मान – पत्र प्रदान गरीएको छ । उक्त अवसरमा सवै अग्रणी महिलाहरुले आफू यो स्थान सम्म आई पुग्न गरेका अनुकरणीय कार्यको अनुभव आदान प्रदान गरेका थिए । सम्मानले प्रोत्साहन मिलेको उनीहरुले बताए ।

    सम्मान कार्यक्रममा मन्त्री पौडेलले आयोजना समाप्त भए पनि प्रदेश तथा स्थानिय सरकारबाट सहयोगकोे निरन्तरता हुने जानकारी गराउँदै व्यवशायमा संधै अनुदान मुखि हुन छाडी आत्मनिर्भर हुन आग्रह गरिन ।

    कार्यक्रममा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि सचिव तेज बहादुर सुवेदी, कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरीष्ठ अर्थ विज्ञ हरी पंडित लगायत कार्यक्रम लागु भएका जिल्लाका कृषि तथा पशु सेवा संग सम्वन्धित सरोकार वालाहरुको उपस्थिती थियो ।

    प्रोग्राम मेनेजर कौशल कुमार पौडेलको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको कार्यक्रम संचालन अनुगमन तथा मूल्याङ्कन अधिकृत अनुप नैनावस्तीले गरेका थिए ।

    © 2025 krishipatra All right reserved