कृषि मन्त्रालयका सचिव अधिकारीको विदाई

  • मन्त्रालयको सचिवमा तेज बहादुर सुवेदी आउनु भएको छ
  • बुटवल, कात्तिक ।
    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कार्यरत सचिव बैकुण्ठ अधिकारीको सुरुवा भएको छ । नेपाल सरकारले बरिष्ठतम सचिव प्रदेशमा पठाउने निर्णय बमोजिम गत बैशाख महिनामा सुरुवा भएर आउनुभएका बैकुण्ठ अधिकारीको मन्त्रालयका काज सरुवा भएको हो । उहाँको स्थानमा मन्त्रालयको सचिवमा तेज बहादुर सुवेदी आउनु भएको छ ।

    यसै विच पुर्व सचिव बैकुण्ठ अधिकारीको विदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आयोजना गरिएको विदाई कार्यक्रममा बोल्दै मन्त्री आरती पौडेलले जहाँ गएपनि किसानको हितमा काम गर्नको लागि पुर्व सचिव अधिकरीलाई आग्रह गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै पुर्व सचिव तथा नेपाल सरकार कृषि तथा पशु पंक्षि विकास मन्त्रालयका सह सचिव बैकुण्ठ अधिकारीले आफु जहाँ गएपनि आफ्नो ईमान्दारीता र कार्यशैलीबाट जनताको सेवामा तल्लीन हुने बताउनुभएको थियो । पुर्व सचिव अधिकारीले करिव ६ महिनामा मन्त्रालयबाट आफुले गरेको कार्यको प्रगति विवरण समेत पेश गर्नुभएको थियो ।


    यस्तै हालै मात्र सरुवा भएर आउनुभएका मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले विदाई भएर जान लाग्नु भएका अधिकारीको समुज्जल भविश्यको कामना गर्नुभएको थियो । कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारी, मन्त्रालय महाशाखा प्रमुखहरु डा. प्रदिप शर्मा पौडेल, विनोद घिमिरे, सञ्जय ज्ञवाली लगायतले शुभकामना दिनुभएको थियो ।

    © 2025 krishipatra All right reserved