विश्व खाद्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया

बुटवल, कात्तिक ।
३९ औं विश्व खाद्य दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रदेश ५ सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजानमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संमन्वय समितिका प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले खाद्यान्न उत्पादन, संरक्षण र उपभोगको विषयमा जनस्तर देखि नै जनचेतना आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि बोल्दै प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले योजनाको विकास दिगो विकास अहिलेको आवश्यकता रहेको भन्दै बसाई सराई रोक्न नसकिने तर उक्त क्षेत्रलाई उत्पादनशिल क्षेत्रमा लगाउन अवश्यक सकिने धारणा राख्नुभयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव तेज बहादुर सुवेदीले ले मानव सभ्यताको विकास संगै मानिसहरुले जीवन पद्धती सोचाईमा परिर्वतन आउनुपर्ने बताउनुभयो ।

कृषि विज्ञ तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार कमानसिंह थापाले अवको उत्पादन भनेको दिगो र फरक प्रकृतिको हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरुले खाद्यान्न उत्पादनमा विविधिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका बरिष्ठ अर्थ विज्ञ भिमनाथ शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन निर्देशनालयका कुलराज बस्नेत ले गर्नुभएको थियो ।

कार्यक्रममा किसान टेकलाल भण्डारी , गैसस महासंघ केन्द्रीय उपाध्यक्ष सुमित्रा शमाए लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेशको कृषि विकास रणनीति (एडिएस) सल्लाहकार कृषि विज्ञ डिलाराम भण्डारी र कृषि विकास निर्देशनालयका बरिष्ठ अर्थ विज्ञ बुद्धिराज घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

© 2025 krishipatra All right reserved