Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

सैनामैनामा उन्नत घाँस बीउबिजन भण्डारण भवन उद्घाटन

बुटवल, असोज
रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा रहेको उपहार समाजिक उद्यमी महिला सरकारी संस्थाले निर्माण गरेको ‘उन्नत घाँस बीउ बिजन भण्डारणको उद्घाटन गरिएको छ । भवनको प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले महिलाहरुले सञ्चालन गरेको सहकारी आफैमा अनुकरण्ीय भएको भन्दै यसबाट धेरैले सिक्नुपर्ने बताउनुभयो ।
उहाँले आगमी दिनमा पनि मन्त्रायले सहकारीहरुको लागि थप सहयोग गर्ने जानकारी दिनुभयो । अहिले सरकार सहकारी ऐन निर्माण गरी नियमावली निर्माणको अन्तीम चरणमा रहेको भन्दै उहाँले सहकारीमार्फत कृषि कर्म गर्ने किसानहरुलार्य प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । भवनको प्रदेश ५ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय रुपन्देही को लागत सहभागितामा निर्माण भएको हो ।
सोही कार्यक्रममा नेपाल कमन्यिुष्ट पार्टी(नेकपा)का महासचिव विष्णु प्रसाद पौडेल, हेफर ईन्टरनेशनलका कार्यक्रम निर्देशक डा. तिर्थ पंगेनी, प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्की लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

© 2026 krishipatra All right reserved