
दाङ,११ असोज
दाङका ब्रोइलरपालक किसानले उत्पादित कुखुराको मूल्य तत्काल नबढाए खोर ताल्चा लगाएर शसक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन। ।
लामो समयदेखि सप्लार्यसको मनोमानीका कारण दाना तथा चल्लाको मूल्य बढेपनि उत्पादित कुुखुराको मुल्य नबढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानहरुले तत्काल मूल्य समायोजन नभए आन्दोलनका कार्यक्रम अन्तर्गत खोरखाली गर्ने अभियानमा लाग्ने चेतावनी दिदै जिल्लाका २ सय वढि किसानहरुले हस्ताक्षर गरेका छन । सप्लार्यसले दाना तथा कुखुराको मूल्य बढाएको तर तयारी कुखुराको मूल्य नबढेकाले भन्दै दबावस्वरुप तुलसीपुरमा भेला भएका ब्रोइलरपालक किसानलले आज पहिलोचरणमा तुलसीपुरमा ¥याली तथा बृहत भेला समेत गरेका छन् । मूल्य बढाउन दबावस्वरुप तुलसीपुरमा ¥याली तथा बिरोध सभा गरेको ब्रोइलर पालक किसान संगठन किसान सरोकार मञ्च दाङका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
किसानको हकहित सुनिश्चित गर, तयारी कुखुराको मूल्य उचित दे, बिचौलिया होसियार लगायतका प्ले कार्ड बोकेर ब्रोइलरपालक किसानले तुलसीपुर बजारको परिक्रममा गरेका छन् । तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दीरबाट शुरु भएको ¥यालीले बजार परिक्रममा गरी सभामा परिणत भएको हो । मञ्चका अध्यक्ष न्यौपानको अध्यक्षता एवं सल्लाकार गेमलाल न्यौपानको प्रमुख आतिथ्यतामा बृहत भेला भएको हो ।
कार्यक्रममा मञ्चका कोषाध्यक्ष कुमार भण्डारी, घोराही उपसमिति अध्यक्ष प्रकास नेपाली , खेम आरसी, हेमन्त पाण्डे, शेरबहादुर वली लगायतले मूल्य बढाउन दबावका लागि सबै किसान एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । मञ्चका सचिव दानबहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरोज खनाले गर्नुभएको थियो ।। ।जिल्लाका २ सय वढि कुखुरापालक किसानको उपस्थीत भेलाले आफुहरुका मागलाई सम्वोधन नगरी सप्लायर्सहरु मनोमानी रुपमा अघिवढे आगामी दिनमा चरणवद्दरुपमा आन्दोलका कार्यक्रम गर्नेे निर्णय गरेको छ