Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

अदालतले टेण्डर खोल्नआदेश दिएपनि अटेरी बुटवल कृषि उपज विरुद्द किसान सञ्जालको चेतावनी

। अदालतले आदेश पछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको सिलबन्दी बोलपत्र खुल्ला नभएपछि राष्ट्रिय किसान सञ्जालले तत्काल टेण्डर खुलाउन माग गरेको छ । सञ्जालका घटकहरुले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला अदालत रुपन्देहील बुटवल कृषि उपज बजार केन्द्र नियमित टेन्डरमा जानुपर्ने फैसला गरे पनि विभिन्न बहानामा ढिलाई गरेको भन्दै तत्काल टेण्डर खुलाउन माग गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रिसभ पोखरेलले रोकिएको टेण्डर छिट्टै खोल्न माग गर्नुभयो । उहांले २६७ वटा बोलपत्र दर्ता गरेर बैंक ग्यारेन्टी समेत लिइएको एक बर्ष भइसकेको बताउंदै टेण्डर खोलेर व्यवसाय गर्ने बातावरण बनाउने तीन वटै सरकारलाई आग्रह गर्नुभयो ।

। बुटवल कृषि उपज केन्द्र सञ्चालक समितिले गत वर्षको भदौमा सूचना प्रकाशित गरेर बोलपत्रको दर्ता गरे पनि लुम्बिनी फलफूल तरकारी व्यवसायी संघको तर्फबाट सन्तोष अग्रहरी सहितले विगतमा भएको करारलाई निरन्तरता पाउनुपर्ने माग सहित अदालतमा मुद्दा दायर गर्नुभएको थियो । तर उक्त मुद्धा खारेज गरेर अदालतले रोकिएको टण्डर खुलाउन आदेश दिइसकेको छ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रिता केसीले अदालतको पूर्ण पाठ समेत आइसकेको भन्दै सञ्चालक समितिलाई छिट्टै टेण्डर खोल्न आग्रह गर्नुभयो । विभिन्न बहाना बनाएर टेण्डर खोल्न ढिलाई गरे महासंघले चरणबद्ध आन्दोलन गर्ने समेत उहांले चेतावनी दिनुभयो । २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो । सोही अनुसार ६८ वटा सटरका लागि २६७ वटा बोलपत्र दर्ता भएका छन् ।

अदालतको आदेश उक्त बोलपत्र खुल्ला गर्ने क्रममा व्यवसायी २ दिन बजार बन्द समेत गराएका थिए । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले टेण्डर खुलाउने विषयमा छलफल जारी रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा खाद्यबाली किसान संघका केन्द्रीय अध्यक्ष एवं किसान महासंघका केन्द्रीय सदस्य शिवी पौडेल, नेपाल किसान महासंघका बुटवल नगर अध्यक्ष शाजनकुमार भारी, नगर सह सचिव बुद्धि सागर पाण्डे, बुटवल ११ का अध्यक्ष लक्ष्मण भण्डारी लगाएतले बोल्नुभएको थियो ।

२०६७ सालमा १० वर्षका लागि तरकारी तथा फलफूल व्यवसायी संग सम्झौता भएको थियो । उक्त सम्झौतामा २०७७ भदौमा सकिएपछि कृषि मन्त्रालयको कृषि बजार प्रवद्र्धन केन्द्र र बुटवल उपमहानगरले सञ्चालक समितिलाई सटर भाडामा लगाउने प्रक्रिया थाल्न निर्देशन दियो । तर कोभिड लगायत कारणले ढिलाइ भएको थियो । १५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६०, बुटवल उपमहानगरको २४ र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १६ प्रतिशत लगानी छ ।

© 2026 krishipatra All right reserved