Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवल कृषि उपज केन्द्रको रोकीएको बोलपत्र ७ दिन भित्रमा खोल्नुपर्ने अल्टीमेटम सहित नगरपालिकामा ज्ञापन

बुटवल कार्तिक– बुटवल उपमहानरपालिका, नेपाल सरकार र लुम्बिनी फलफुल तरकारी व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको बुटवल कृषि उपज थोक बजार केन्द्र लामो समय देखि विना टेन्डर सञ्चालनमा रहेको भन्दै अविलम्ब टेन्डर खोल्न माग सहित बुटवल उपमहानरपालिकामा संयुक्तरुपमा ज्ञपान बुझाइएको छ । अखिल नेपाल किसान महासंघ, किसान महासंघ लुम्बिनी प्रदेश, केन्द्रीय समिति सहित स्थानीयको संयुक्त टोलीले बुधवार बुटवल उपमहानरपालिकामा नगर प्रमुख खेलराज पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो । अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य ऋषव पोखरेल, किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी, जिल्ला अध्यक्ष कृष्ण खरेल, किसान महासंघ जिल्ला अध्यक्ष राजन क्षेत्री सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सरकारी स्वामित्वमा सञ्चालन भइरहेको बुटवल थोक कृषि उपज सङ्कलन केन्द्र विकास समिति तरकारी तथा फलफूल बजारका सटरहरू मिति २०८१ भाद्र २३ गतेका सूचना प्रकाशित सूचना अनुसार सटरहरूको बोलपत्र आह्वान भएकोमा दर्ता भएका र अदालती प्रक्रियाबाट रोकिएकोमा २०८२÷०७÷२० गते जिल्ला अदालतबाट फुकुवा भएको र बोलपत्र खोल्ने सूचना २०७२÷०७÷२२ गते प्रकाशित भएको थियो ।
तर सोही दिन सुरक्षाको कारण देखाउँदै बजार व्यवस्थापकबाट टेन्डर रोकीएको छ । कुनै पनि निकायले शान्ति सुरक्षाको व्यवस्था नगरेको कारण देखाउँदै उक्त टेण्डर खोल्न नसकिएको भन्ने गैर जिम्मेवार जवाफ समितिले दिएको भन्दै सात दिनभित्र उक्त टेण्डर प्रक्रियाबाट २६७ जनाले हालेको बोलपत्र खुलाई किसानको लागि भनी छुट्याइएका १०% सटरहरू किसानहरूको लागि वितरण गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघ का केन्द्रीय सदस्य ऋषव पोखरेलले जानकारी दिए । यदि उक्त समयमा यो टेण्डर प्रक्रिया नखोलिएमा वा आलटाल गरेमा कडाभन्दा कडा सङ्घर्षमा जाने चेतावनीसहित उक्त आन्दोलनका क्रममा हुनसक्ने सम्पूर्ण घटना र क्षतिको जिम्मेवारी बुटवल उपमहानगरपालिका र स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी समेत दिइएको उनको भनाई छ ।

© 2026 krishipatra All right reserved