भैरहवा बैशाख – रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधवारदेखी एक हप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ संचालन गरिएको छ । चालु आर्थीक बर्षमा सिद्धार्थनगरले यो सिवर दोस्रो पटक आयोजना गरेको हो ।
छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, रुपन्देहीको सयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो । नगर क्षेत्रमा देखा परेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक बर्षसम्मका लागि हुने गरि रेविजको भ्याक्सिन (खाप) लगाइदिएपछि कुुकरलाई यथास्थानमैं छाडिदिने गरिएको छ । बन्ध्याकरण गरिएको र एक बर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा संचालक खगेश्वर भट्टराइले शिविर अवधिमा धेरै भन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए । छाडा कुकुरको संख्या कम गरि रेविजको प्रकोप न्युनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्ष यो दोस्रो पटक सिवर आयोजना गरेको हो ।सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेविज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तर सचांलन गरीएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुदै गएको बताए । सन् २०३० सम्ममा बिश्वबाट रेविज उन्मुलन गर्ने अभियान संचालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ । ‘संख्यामा बृद्धि नहुने गरी कुकुर सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उदेश्य हो’, नगर प्रमुख खाँले भने, ‘यस्ता शिविर संचालन गरेर बन्ध्याकरण गरेमा संख्या बृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेविजको जोखिम पनि कम हुन्छ ।’ उनले आफ्रना टोल छिमेकमा बन्याकरण नगरीएका कुकुर भएमा नगरपालिकालाई खवर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत उनले नगरवासिलाई आग्रह गरे ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















