Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

कृषि उपजका सटर टेन्डर अबिलम्ब खोल्न व्यवसायीको माग

बुटवल चैत- बुटवल उपमहानरपालिका वडा नम्बर– ६ मा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र लामो समय देखि बिना टेन्डर सञ्चालनमा रहेको भन्दै व्यवसायीहरुले विरोध गरेका छन् । नयाँ टेन्डरमा जाने भन्दै सूचना प्रकाशित गरेपनि त्यहि भित्रका व्यवसायीहरुले पुनः अदालतमा मुद्धा हालेपछि टेन्डर अनिर्णयको बन्दी भएको भन्दै अबिलम्ब टेन्डर सूचना अनुसार गरिएको कार्यलाई पूरा गर्नको लागि व्यवसायीहरले माग गरेका हुन ।
लामो समय देखि पुर्ववत सम्झौता सकीएपछि पनिसटरमा व्यवसाय गर्दै आएका व्यवासायीहरुले अदालित पक्रियामा झमेला गरी अहिले सम्म पनि ‘अवैध’ रुपमा बसोबास गर्दै आएको व्यवसायीहरुले विरोध गरेका हुन ।
वि.स. २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो । सोही अनुसार ६८ वटा सटरको लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएपनि लामो समय अदालती प्रक्रियामा गएको भन्दै लामो समय देखि उक्त टेन्डर नखोली यत्तीकै राखीएको भन्दै टेन्डर हालेका पिडीत व्यवसायीहरुले लामो समय सम्म धरौटी बापतको रकम राखेर टेन्डर नखोली बन्दी बनाएको भन्दै विरोध गरेका हुन ।
विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी टेन्डर हालेका व्यवसायीहरु ऋषव पोखरेल, बोधराज भण्डारी(कृष्ण), युवराज सापकोटा, माधव पन्थ, शिव आचार्य, रामु पौडेल, मुक्ती भण्डारी, टिकराम सापकोटा, सुन्दर श्रेष्ठ, कपिल पोखरेल, धन बहादुर थापा, सहित का २५ जना व्यवसायीहरुले अविलम्ब टेन्डर खोल्नको लागि माग गरेका हुन । पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायी ऋषव पोखरेलले लामो समय देखि आफु सहित का २ सय ६८ वटा टेन्डरबापत धरौटी रकम बैंकमा जम्म भएको तर त्यो बापत अहिले सम्म पनि कुनै पनि कार्य अगाडी नबढेको भन्दै थप कानूनी बाटोमा अगाडी बढ्ने समेत बताए । उनले भने–‘नियमसम्मत रुपमा व्यवसायीले हालेको टेन्डर खोल्नुपर्दछ, यदी खोलिएन भने हामी थप कानूनी बाटो अपनाउने चेतावनी दिन्छौं । ’
कृषि बजार व्यवस्थापन समिति बुटवल यो क्षेत्रमा पहिलो पटक सरकारी, नीजी र साझेदारी अनुसार वि.स. २०६७ सालमा शुभारम्भ भएको थियो । जसमा बुटवल उपमहानरपालिका, संघीय सरकार कृषि मन्त्रालय अन्र्तगतको कृषि पुर्वाधार विकास महाशाखा र व्यवसायीहरुले संयुक्त लगानीमा स्थापना भएको हो । जस अनुसार सुरुवाती बर्षमा व्यवसायी(नीजि) लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समिति मार्फत १० बर्षको लागि लगानी गर्ने र सम्झौता अनुसार लगानी गरिएको भाडा प्रयोग गरिएको सटर बाट प्रत्येक महिना कटौती गर्ने गरी कार्य अगाडी बढेको थियो । जस अनुसार वि.स. २०७७ सालमा नै व्यवसायीहरुको बाहल सम्झौता समाप्त भएको छ । कोरोना कहरको बेला थप अर्को निर्णय नहुँदा सम्मको लागि उक्त बाहाललाई निरन्तरता दिने गरी निर्णय भए अनुसार व्यवसायीहरुलेले अहिले सम्म पनि बाहलमा बस्दै आएका छन् ।
जस अनुसार जिल्ला अदालतमा केही व्यवसायीहरुले आफुहरु बाहलमा बस्न पाउनुपर्ने, संस्थापक सदस्यको रुपमा निश्चित सटर छुटएर मात्रै टेन्डर गर्नुपर्ने भन्दै जिल्ला अदालतमा गत साउन ७ गते मुद्धा दर्ता गरेका थिए । जस अनुसार जिल्ला अदालतबाट संस्थापक सदस्यहरुको कोटा निर्धारण गरी पुनः टेन्डर गर्नको लागि आदेश दिएको छ । यो विषयमा अन्तरिम आदेशको माग सहित जिल्ला अदालत भन्दा पहिला नै केही व्यवसायीहरले सर्वोच्चमा समेत रिट हालेका थिए । तर सर्बोच्चले रिट खारेज गरिदिएको थियो ।
यता, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषालले पछिल्लो समयमा जिल्ला अदालतबाट भएको आदेश अनुसार अनिर्णयको बन्दी भएको भन्दै आफुले टेन्डर पक्रिया सुरुवात गर्न माग सहित, छिटो निर्णयको लागि उच्च अदालत बुटवलमा समितिको तर्फबाट रिट समेत दायर गरिएको जानकारी दिए । यसबाट आएको निर्णय अनुसार आफु टेन्डर खोल्ने पक्षमा रहेको जानकारी दिए ।

© 2026 krishipatra All right reserved