Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवलमा औद्योगिक व्यापार मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी

बुटवल, पुस । बुटवलमा बुधबारदेखी सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल राष्ट बैंकका पुर्ब गभर्नर डा चिरन्जिवि नेपालले देशको आर्थिक विकासका लागि आर्थिक नीति सहि हुनुपर्ने भन्दै आर्थिक नीति बनाउदा अल्पकालिन र दिर्घकालिन प्रभावको बारेमा सोचेर बनाउनुपर्नेमा जोड दिए ।

ंनिजि क्षेत्रसँगको सहकार्य बिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनले लगानीको सूरक्षाको प्रत्याभुति नभएसम्म निजि क्षेत्रबाट लगानी नगर्ने बताए ।

नेपालमा युवाहरुले के गर्न चाहन्छन र के गर्न सक्छन भन्ने भन्दा पनि आफुले गर्न चाहेको कुरा लाद्ने प्रवृत्ति रहेको भन्दै पुर्ब गभर्नर नेपालले त्यस्तो प्रवृत्ति त्यागेर देशमा के कस्ता सम्भावना छन र कसले के गर्न सक्छ भन्ने कुराको आधारमा योजना अगाडी बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा सानिमा बैंकका पुर्ब प्रमुख कार्यकारी अधिकृत एवं वित्तीय साक्षरता नेपालका अध्यक्ष भुवन दाहालले नेपालमा लगानीको सम्भावना छैन, देशमा पैसा पनि छैन, यहाँ केही पनि हुँदैन भनेर बिदेशीने क्रम बढेको भन्दै नेपालमा सम्भावनानै सम्भावना र पैसै पैसा भएको दाबी गरे ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको तर्फ संकेत गर्दै उनले भारतको अयोध्यामा पछिल्लो छ महिनामा मात्रै ११ करोड बढी पर्यटक पुगेको र बनारसमा एक बर्षमा १२ करोड पर्यटक पुगेको तथ्याङक् प्रस्तुत गर्दै राम जन्मेको ठाउँमा त्यति पर्यटक गए भने सीता जन्मेको ठाउँमा पनि जान चाहन्छन होला नि भनि प्रश्न गरे ।

बिगतमा बैंकको ब्याजदर महंगो भयो भनेर उद्योगि ब्यवसायीले ब्याजदर घटाउनुपर्ने माग गरेको स्मरण गर्दै उनले अहिले ब्याजदर घटे पनि कर्जा प्रवाह हुन नसकेको बताए ।

बृद्धि प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सामसुङ,हुण्डाई र एलजि कम्पनीको सफलताकै कारण कोरिया धनि बनेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि विश्व बजारमा माग भएका उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उद्यमशील बन्न अन्तरआत्माबाटै केही गर्छु भन्ने भावना जागृत हुनुपर्ने बताउदै उनले ब्यापार गरेर केही प्रतिसत मुनाफा कमाउने कि विश्व बजारमा माग भइरहेका सामान उत्पादन गरेर बिदेशी मुद्रा आर्जन गर्ने भन्ने बिषय मुख्य भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पुर्ब कार्यकारी अधिकृत तथा साक्षरता नेपालका सचिब निरज गिरीले सेयर बजार, साक्षरता नेपालका बोर्ड सदस्य बर्षा श्रेष्ठले क्रेडिट रेटिङग तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख विज्ञानराज सुबेदीले बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापन र राज्यको नीति बारे सहजिकरण गरेका थिए ।

सो अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरी प्रसाद अर्यालले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका कारण कतिपय उद्योगि ब्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै नियमनकारी निकायले नियमन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराई,उद्योग उपाध्यक्ष सुरज भट्टराई,संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक बालकृष्ण पौडेल,सहभागि राजिब गौतमलगायतले कार्यक्रमको उदेस्य र औचित्यबारे आ आफ्नो भनाई राखेका थिए ।

औद्योगिक व्यापार मेलाका अवसरमा वित्तीय साक्षरता लगायत बिभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रमहरु राखिएको संघका महासचिब मुक्ती प्रसाद अधिकारीले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेला यहि पुसको १८ गतेसम्म सञ्चालन हुने छ ।

© 2026 krishipatra All right reserved