बुटवल, मंसिर- बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषि सहकारी संस्थाको पाचौ साधारण सभा तथा दोस्रो निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको साधारण सभा तथा निर्वाचन बाट अध्यमा पुनः सुर्दशनदेव जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा विश्वनाथ पश्चिमाथारु चयन भएका छन् । यस्तै कोषाध्यक्षमा चन्द्रा आचार्य, सचिवमा उदयराज पोखरेल चयन भएका छन् । सदस्यहरुमा कुम बहादुर मर्चा, गोरखप्रसाद थारु, दुर्गा शर्मा, सुर्य अधिकारी, शान्ती चौधरी चयन भएका हुन ।यस्तै पूर्ण प्रकाश सापकोटाका संयोजकत्वमा लेखा समिति समेत गठन भएको छ । जसको सदस्यमा दुर्गा सापकोटा र जीवन काफ्ले चयन भएका हुन ।
साधारण समाभा बोल्दै प्रमुख अतिथि बुटवलउपमहानरपालिका वडा नम्बर १६ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले गाउँ गाउँमा स्थानीयहरुले सञ्चालन गरेको सहकारीले उपभोक्ता सदस्यहरुको मन जित्न सफल भएको बताएका थिए । 
उनले स सानो पुँजी संकलन गरी त्यसलाई लगानी गरेर सदस्यहरुको जीविकोपार्जन सुधारको लागि साहुबाबा सहकारीले गरेको काम अन्य सहकारीले पनि सिक्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बुटवल उप–महानरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले सहकारीले सहकारीको मुल्य मान्यता अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिदै कृषिलाई मुल उदेश्य राखेर सञ्चालन भएका सहकारीले कृषि क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल प्राप्त गर्नुपर्ने बताएका थिए । अन्य स्थानमा दर्ता भएका आगन्त सहकारीको कारण पछिल्लो समयमा सहकारीहरु बदनामा हुदै गएको भन्दै उनले सहकारीहरुले सञ्चालक, सदस्य, शेयर सदस्य लगातको विषयमा पूर्ण जानकार लिएर मात्रै कारोबार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बुटवल उप–महानरपालिका कृषि विकास महाशाखा प्रमुख सन्तोज जीसीले कृषि क्षेत्रमा नगरपालिकाले लामो समय देखि काम गर्दै आएको जानकारी दिदै अव सहकारी, समुह मार्फत अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताएका थिए । नगरपालिकाले मुला, साग उत्पादनमा उत्पादनमा आधारित अुदान समेत दिने योजना बनाएको तर किसानहरुले यसमा चासो नदिएको भन्दै उनले अव स्थानीय पालिकाहरुले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने यसमा सकै किसानहरुले एकजुट भएर कृषि कर्मममा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १५ का जनप्रतिनिधी तथा महिला उद्यमी रमा पौडेल पराजुली, पुर्व जनप्रतिनीधी गगन बहादुर गुरुङ्ग, सहकारीका सदस्य जीवन काफ्ले लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सहकारीका अध्यक्ष सुर्दशनदेव जोशीले आधुनिक कृषि प्रणाली द्वारा आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने ,उन्नत जातको विऊ उत्पादन तथा बिक्री बितरण गर्ने,कृषि रोजगारलाई प्राथमिकता दिने ,स्थानिय उत्पादनलाई (बस्तु वा सेवा) प्रसोधन र बजारीकरणका लागि पहल गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए । यस्तै स्रोत र साधनको प्रभावकारी परिचालन गर्ने । प्रबिधि बिकासका साथै सदस्यहरुलाई आधुनिक कृषि प्रणालिबाट कृषि कार्यमा प्रेरित गराउने ्र संस्थाको भावि कार्ययोजना संस्थागत तर्फ उन्नत जातको बिउ उत्पादन तथा सहुलियतदरमा बिक्री वितरण गर्ने, संस्थाले आफ्नो शेयर सदस्यहरुले गरेको कृषि उधमको डाटा संकलन गरि प्रतिवेदन गराई उनिहरुको बृदि बिकासमा टेवा पुयाउनका लागि विभिन्न किसिमका कृषि तालिम संचालन गर्ने योजना बनाएको बताएका थिए । यस्तै चालु आर्थिक बर्ष सम्म ४०० जना शेयर सदस्य पुराउने लक्ष्य लिएको उनले जानकारी दिए ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















