काठमाडौँ । सरकारले २०८०्०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० निर्धारण गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।
मन्त्री शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनः संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण वएमएन स्वीकृति गर्ने । यसअनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन् ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















