Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

लुम्बिनी एक्स्पो २०८० सुरु कृषिका ४३ वटा स्टल सहभागी

बुटवल, पुस ।
रुपन्देही व्यापार संघको आयोजानामा बुटवलमा लुम्बिनी एक्सपो २०८० सुरु भएको छ । रुपन्देही व्यापार संघको आयोजानमा मेला सुरुवात भएको छ । मेलाको शुभारम्भ गर्दै पुर्व मन्त्री तथा रुपन्देही २ का प्रतिनीधी सभा सदस्य विष्णु पौडेलले रुपन्देहीको मुहार पर्ने ठुला आयोजना पूर्ण क्षमतामा चलाउनको लागि वर्तमान सरकार बाधक भएको बताएका छन् । उनले आफ्नो पहलमा स्थापना भएका कतिपय योजना पूर्ण क्षमतामा चलाउनको लागि सरकारले अन्ईच्छुक देखिएको दावि गरेका हुन ।
तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध विमानस्थल चल्न नसकेको बताएका छन् । लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने दाबी गरे ।‘यो एयरपोर्ट सरकारकै कारण चल्न नसकेको हो’, उनले भने, ‘सरकार, मन्त्रालय, नागरिक उड्यन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो । उनीहरूले केही गर्न सकेनन् । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’
वर्तमान सरकार सम्पूर्णरुपमा असफल भएको भन्दै पौडेलले असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए ।‘हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो । व्यवसायीहरू चिन्ता नलिनुहोस्, हामी विमानस्थल चलाएरै छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाएरै छाड्छौं ।’
बुटवल नारायणगढ सडक निर्माणमा पनि लापरबाही भएको पौडेलले बताए ।‘निर्माण कम्पनीले ढिलासुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बस्ने होइन’, पौडेलले भने, ‘गुणस्तरीयरुपमा सञ्चालन गर्न सघाउन सकेको छैन । सडक निर्माणको ढिला सुस्ती ‘टु मच’ भइसक्यो ।’
बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको पौडेलले आरोप लगाए । बुटवललाई आकर्षित र विकासशील शहर बनाउन आफू अविछिन्नरुपमा लाग्ने उनले प्रतिबद्धता जनाए ।
तिनाउ–दावन करिडोरका लागि छुटाइएको बजेट कटौती गरेर निर्माणमा चुनौती खडा गरिएको उनको भनाइ छ । अहिले देशको अर्थतन्त्र हेर्दा आङ सिरिङ्ग हुने पौडेलले बताए ।‘सरकारको ढुकुटी २ खर्बले ऋणात्मक छ । सरकारले कर्मचारीलाई तलब र साधारण खर्च तिर्न नसकेर ऋण उठाएको छ । राजश्व संकलन हुन सकेको छैन । राजश्व लक्ष्यअनुसार उठ्न सकेको छैन । राजश्वले साधारण खर्च धान्न सकेको छैन । गत वर्षभन्दा ६० प्रतिशत कम सहयोग प्राप्त हुन्छ भन्ने बताएका छन् । पुँजीगत खर्च पनि लथालिङ्ग छ’ उनले भने ।ठूला आयोजना बजेटको कारणले कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेको उनले बताए । मेला शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गरी, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

© 2026 krishipatra All right reserved