Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

फलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह

रुपन्देही – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी  सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बजार मुनाफामुखी रहेको तर यसलाई सुशासनमा आधारित सेवामुखी र पारदर्शी बनाउनु पर्ने बताए । उनले बजारमा प्रवर्दनात्मक कार्य र कारवाहीमूलक कार्यलाई प्रभावकारी बनाउन नसकिएको, खाद्य स्वच्छतामा धेरै काम गर्न बाँकी रहेको, बजारको आयतन बढ्योेर उपभोगको मात्रा पनि बढ्योेकाले त्यसलाई बजार सुशासनको दायरामा पूर्ण रुपमा ल्याउन नसकिएको जनाए ।

‘‘अब हामीले यो विषयमा सरोकारवालासँग गम्भीरताका साथ छलफल गर्दै सबै सरोकारवाला कार्यालयहरु, उपभोक्ता हित सँरक्षण मन्च र व्यवसायीहरुसँग मिलेर संयक्त बजार अनुगमनमा जानु पर्छ’ उनले भने ।
होटल तथा व्यवसायी सङ्घका केन्द्रीय सदस्य चन्द्रप्रसाद श्रेष्ठले होटल तथा रेस्टुरेन्टहरुको गुणस्तरको सुधारमा निकै राम्रो भएको, अहिले हरियो, पहेँलो स्टिकरको प्रयोगले होटलहरु सजग भएको बताउँदै स्वस्थ्यवर्धक पौष्टिक आहार उपलब्ध गराउन सके जनस्वास्थ्यसमा सुधार ल्याउन सकिने प्रतिस्पर्धी बजारमा होटलहरु सजग हुन थालेको जनाए ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाईले अबका कार्यक्रमहरुमा विशिष्टीकरण ल्याउँदै  यो पटक फलफूल तरकारीको विषयलाई प्रमुख ठानेपनि अर्को कार्यक्रममा होटल तथा रेष्टुरेन्टको विषयमा छलफल चलाउँनुपर्ने माग गरे । उनले छलफलबाट छलफलसम्म हैन, छलफलबाट कारवाहीतहसम्म जानुपर्ने, अब बजार अनुगमन तीव्र बनाउनु पर्ने, र त्यसको लागि सरकोकारवालाहरुसँगको सहकार्य आवश्यक रहेको बताउँदै विषादी चेकजाँच आयातीत फलफूलको मात्र हैन, यहीकै उत्पादनमा पनि गर्नुपर्छ भनेर अदालतले परमादेश गरेको विषयमा सबै सचेत हुनुपर्ने जानकारी गराए । ‘अहिले विषादि जाँच हुन थालेको छ । सबैतिर सबै बिग्रेको नभनौँ । धेरै सुधार पनि भएको छ । तर पकाउँदा नजानेर, घाममा राखेर, भण्डारण गर्न नजानेर पनि गुणस्तर घट्छ । सबै मिलेर संयुक्त बजार अनुगमन चलाओै । सबै मिलेर सचेतना जगाउँदै जाऊँ । जति काम ग(यो त्यति घट्दै जान्छ । जति चूप लाग्यो त्यति बढ्दै जान्छ । त्यसैले सहकार्यका साथ अघि बढ्न हाम्रो कार्यालय तयार छ’ उनले भने ।
फलफूल तथा तरकारी महासङ्घका अध्यक्ष बाबुराम भुसालले आयात सहज भए पनि निर्यात गर्न झन्झटिलो भएको, बजारमा फलफूलको आयात भारतबाट ज्यादा रहेको र क्वारेन्टाइनमा राम्रो चेकजाँच नभएको जनाए ।

‘ हामीले नेपालकै गुणस्तरीय फलफूल तथा तरकारी विक्री गर्न पाए आयात प्रतिस्थापनमा सहयोग पुगेर मुलुकको समृद्धिमा योगदान पुराउँथ्यो ।,  बजारमा विषादी प्रयोग गरेका फलफूलहरु छन् । तिनलाई केहीछिन पानीमा राखेर, ताछेर टुक्रा टुक्रा बनाएर खाएमा विषादिको प्रभाव घट्छ । हामीले पुर्ख्यौली प्रचलनबाट पनि पकाउन सक्छौँ ।’ उनले भने ‘अहिले टमाटर स्याउ,काठको भुसको प्रयोगबाट पकाउन थालिएको छ । यो विधिबाट पकाउँदा स्वास्थ्यलाई त्यति हानि हुँदैन । क्याल्सियम कार्वाइड प्रयोग गरेको फलफूलहरु उपभोग गर्दा स्वास्थ्यमा पर्ने हुँदा त्यसको प्रयोग रोक्न किसानसम्म पुग्नुपर्छ । पकाउने अन्य वैकल्पिक उपायहरु खोजौँ । इथिलिनको प्रयोगबाट फलफूल पकाउँदा स्वास्थ्यमा असर गर्दैन ।
जहाँसम्म केही कमीकमजोरीका बाबजुद बजारमा सुधार आएको छ । अब हामीले आलीदेखि थालीसम्म गोठदेखि ओँठसम्मको सबै प्रक्रियामा सुधार ल्याउनु पर्छ ।’
कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत हेमन्त गा‌ैतमले कार्यपत्र प्रस्तुत गरेका थिए भने उपभोक्ता हित सँरक्षण मन्चका केन्द्रीय सदस्य ऋषि आजाद, फलफूल तथा तरकारी व्यवसायी महासङ्घका सचिव मेघनाथ पौडेल र सदस्य कमल आचार्यले विचार राखेका थिए भने दिपककुमार यादवले कार्यक्रमको समन्वय गरेका थिए

© 2026 krishipatra All right reserved